Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
गुगलले पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल आधिकारिक रूपमा अनावरण गरेको छ। न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा गुगलले आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको हो।
लाइनअपमा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड समावेश छन्। साथै उक्त लन्च कार्यक्रममा, गुगलले पिक्सेल वाच ४, र पिक्सेल बड्स २ए पनि अनावरण गरेको छ।
पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएलमा एक ब्राण्ड–न्यू चिपसेट, ठूला ब्याट्रीहरू र म्यागनेटिक चार्जिङ्ग जस्ता प्रमुख नयाँ सुविधाहरू थप गरिएका छन्। यी दुई डिभाइस दृश्यात्मक रूपमा तिनीहरूका पूर्ववर्तीहरूसँग मिल्दोजुल्दो भए पनि यिनीहरु अब मुनस्टोन (नीलो–खैरो), ओब्सिडियन (कालो), पोर्सिलेन (सेतो) र जेड (हरियो) रङ्गहरूमा उपलब्ध हुनेछन्।
पिक्सेल १० प्रो ६.३–इन्च एलटीपीओ ओएलईडी डिस्प्लेले सुसज्जित छ भने पिक्सेल १० प्रो एक्सएलमा ६.८–इन्चको डिस्प्ले रहेको छ। पिक्सेल १० प्रोले १,२८० × २,८५६ पिक्सेल रिजोल्युसन प्राप्त गर्दछ र पिक्सेल १० प्रो एक्सएल १,३४४ × २,९९२ पिक्सेल रिजोल्युसनको साथ आउने बताइएको छ। दुबै प्यानलहरूले १–१२० हर्ज रिफ्रेस रेट प्रदान गर्नेछ।
त्यसैगरी स्क्रिनको अधिकतम लोकल स्क्रिन ब्राइटनेस ३,३०० निट्स रहेको र गोरिल्ला ग्लास भिक्टस २ सुरक्षा द्वारा सुरक्षित गरिएको छ। स्क्रिनमा एम्बेड गरिएको ४२ मेगापिक्सेलको सेल्फी क्याम र अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ।
सबैभन्दा महत्त्वपूर्ण नयाँ थप भनेको टेन्सर जी५ चिपसेट हो। यो टीएसएमसी (सामसङ को सट्टा) द्वारा बनाइएको पहिलो गुगल चिपसेट भएको र यसले सुधारिएको दक्षता ल्याउने दाबी गरिएको छ। साथै यसले गर्दा अब पिक्सेल्सलाई अन्ततः स्न्यापड्रागन फ्ल्यागशिप एन्ड्रोइड भीडको नजिक देखिने सम्भावना बलियो बनाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
टेन्सर जी५ मा अपडेट गरिएको सीपीयू अब टेन्सर जी४ भन्दा ३४ प्रतिशत छिटो भएको बताइएको छ र एआई कार्यहरू ६० प्रतिशत छिटो चल्ने उल्लेख गरिएको छ।
त्यसैगरी नयाँ चिप गुगलको सबैभन्दा नयाँ जेमिनी नानो मोडेल चलाउने पहिलो चिप पनि भएको र यो टाइटन एम२ सुरक्षा चिपसँग जोडिएको उल्लेख गरिएको छ। पिक्सेल १० प्रो सिरिज मानकको रूपमा १६जीबी र्यामसँग आउने रिपोर्ट गरिएको छ।
पिक्सेलहरू तिनीहरूका क्यामराहरूको लागि परिचित रहेका छन् र नयाँ पिक्सेल १० प्रो सिरिजले आफ्नो पूर्ववर्तीहरूबाट सेटअप पुनः प्रयोग गरिरहेको जनाइएको छ।
गत वर्षको ५० मेगापिक्सेलको मुख्य (१/१.३” सेन्सर) र ४८ मेगापिक्सेलको अल्ट्रावाइड (१/२.५५” सेन्सर) मोड्युलहरूको साथमा यस पटक ४८ मेगापिक्सेलको टेलिफोटो (१/२.५५”) लेन्स समावेश गरिएको छ।
टेलिफोटोले ५× अप्टिकल जुम र १००× सम्म हाइब्रिड जुम प्रदान गर्ने उल्लेख गरिएको छ। साथै ८के रिजोल्युसन र ३०एफपीएस सम्म भिडियोहरू पनि रेकर्ड गर्न सकिने जनाइएको छ।
पिक्सेल १० प्रोमा ३० वाटको चार्जिङको साथ ४,८७० एमएएच ब्याट्री समावेशगरिएको छ भने १० प्रो एक्सएलमा ४५ वाट गतिको साथ ५,२०० एमएएच सेल रहेको छ। नयाँ पिक्सेलले क्यूआई२ वायरलेस चार्जिङलाई पनि समर्थन गर्नेछ। पिक्सेल १० प्रोमा १५वाट गति र पिक्सेल १० प्रो एक्सएलमा २५वाट गतिको साथको साथ क्यूआई२ वायरलेस चार्जिङलाई समर्थन गर्ने बताइएको छ।
सफ्टवेयरतर्फ, पिक्सेल १० सिरिज एन्ड्रोइड १६ र गुगलको नयाँ मटेरियल ३ एक्सप्रेसिभ यूआई समावेश गरिएको छ। साथै यो ७ वर्षको ओएस, सुरक्षा र पिक्सेल ड्रप अपडेटहरूद्वारा समर्थित रहेको थप उल्लेख गरिएको छ।
दुबै नयाँ पिक्सेलहरू आईपी६८ मूल्याङ्कन गरिएका छन् भने वाई–फाई ७, अल्ट्रा–वाइडब्यान्ड र ब्लुटुथ ६ कनेक्टिभिटीको साथ आउने छन्।
१२८जीबी स्टोरेज भएको पिक्सेल १० प्रोको मूल्य ९९९ अमेरिकी डलर बाट सुरु हुने बताइएको छ। त्यसैगरी २५६जीबी स्टोरेज भएको पिक्सेल १० प्रो एक्सएलको मूल्य १,१९९ अमेरिकी डलर बाट सुरु हुनेछ। डिभाइस्हरुको प्रि–अर्डरहरू सुरु भइसकेको र डेलिभरीको लागि अगस्ट २८ तालिका रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार