Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
गुगलले पिक्सेल १० प्रो फोल्ड अनावरण गरेको छ। न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा गुगलले आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको हो।
लाइनअपमा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड समावेश छन्। साथै उक्त लन्च कार्यक्रममा, गुगलले पिक्सेल वाच ४, र पिक्सेल बड्स २ए पनि अनावरण गरेको छ।
गुगल पिक्सेल १० प्रो फोल्डमा ३,०००–निट पीक ब्राइटनेस भएको ८ इन्चको २०७६×२१५६ एलटीपीओ ओएलईडी फोल्डिङ स्क्रिन रहेको छ। साथै डिभाइसमा १२० हर्ज रिफ्रेस रेट र ३,०००–निट पीक ब्राइटनेस भएको ६.४ इन्चको १०८०×२३६४ एलटीपीएस ओएलईडी कभर स्क्रिन रहेको छ।
गुगल पिक्सेल १० प्रो फोल्डमा टेन्सर जी५ एसओसी समावेश गरिएको छ। यो टाइटन एम२ चिपलाई १६जीबीको एलपीडीडीआर५एक्स र्याम र २५६जीबी/५१२जीबी/१टीबी को यूएफएस ४.० स्टोरेजसँग जोडिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
गुगल पिक्सेल १० प्रो फोल्डमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा, १२७–डिग्री फिल्ड–अफ–भ्यू (एफओभी) सहितको १०.५ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा, ५× अप्टिकल जुम सहितको १०.८ मेगापिक्सेलको टेलिफोटो क्यामरा रहेका छन्। साथै डिभाइसमा दुईओटा सेल्फी क्यामरा (प्रत्येक स्क्रिनमा एउटा एम्बेड गरिएको) छन् भने दुवै ८७–डिग्री एफओभी सहितको १० मेगापिक्सेलको भएको बताइएको छ।
यो डिभाइसमा ३० वाटको वायर्ड चार्जिङ र १५ वाटको क्यूआई२ वायरलेस चार्जिङको लागि समर्थन सहितको ५,०१५ एमएएच ब्याट्री रहेको छ। वायर (तार) मार्फत, यो ३० मिनेटमा शून्यबाट ५० प्रतिशतमा चार्ज हुने बताइएको छ। पिक्सेल १० प्रो फोल्डले एन्ड्रोइड १६ रन गर्नेछ भने सात वर्षका प्रमुख एन्ड्रोइड अपडेटहरू, सुरक्षा प्याचहरू र पिक्सेल ड्रप्स प्राप्त गर्नेछ।
त्यसैगरी गुगल पिक्सेल १० प्रो फोल्ड धुलो र पानी प्रतिरोधको लागि आईपी६८ प्रमाणित गरिएको छ। २५८ ग्राम तौल रहेको यो डिभाइसको मोटाइ फोल्ड गर्दा १०.८ एमएम र खोल्दा ५.२ एमएम हुने बताइएको छ। गुगल पिक्सेल १० प्रो फोल्ड मुनस्टोन (खैरो) र जेड (हरियो) गरी यो दुई रङ्गहरूमा उपलब्ध हुनेछ।
यस बाहेक डिभाइसमा पावर बटनमा इम्बेड गरिएको साइड–माउन्टेड फिंङ्गरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकरहरू, तीनओटा माइकहरूको साथमा वाई–फाई ७, ब्लुटुथ ६, एनएफसी, यूडब्ल्यूबी र एक भौतिक स्लट र एक ईसिम स्लटको साथ डुअल–सिमको लागि समर्थन पनि उपलब्ध रहेको छ।
अक्टोबर ९ मा उपलब्ध हुने गुगल पिक्सेल १० प्रो फोल्डको २५६जीबी स्टोरेजको मूल्य १,७९९अमेरिकी डलर कायम गरिएको छ भने ५१२जीबी स्टोरेजको मूल्य १,९१९ अमेरिकी डलर र १टीबी स्टोरेजको लागि २,१४९ अमेरिकी डलर मूल्य राखिएको छ।
गुगल पिक्सेल १० प्रो फोल्डको आफ्नो पूर्ववर्तीको तुलनामा, यसमा अलि ठूलो कभर डिस्प्ले, राम्रो चिपसेट, छिटो (र बढी) स्टोरेज र ठूलो ब्याट्री छ जुन वायर (तार) र वायरलेस दुवै मार्फत छिटो चार्ज हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार