Technology Khabar २४ माघ २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” प्रस्तुत गरेको छ ।
बजाजले माघ २३ गते सो ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा पोखराका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया पोखराबाट शुरु भएर घान्दु्रकमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया पोखराबाट शुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजाने कम्पनीले जनाएको छ ।
प्रकाशित: २४ माघ २०७५, बिहीबार