युरोपेली फोल्डेबल बजार तीव्र गतिमा बढ्नेः काउन्टरपोइन्ट

Technology Khabar ३१ श्रावण २०८२, शनिबार

काठमाडौं ।

युरोपेली फोल्डेबल स्मार्टफोन बजार द्रुत गतिमा बढिरहेको र सन् २०२३ को तुलनामा सन् २०२४ मा ढुवानी ३७ प्रतिशतले बढेको काउन्टरपोइन्ट रिसर्च (सीआर) ले रिपोर्ट गरेको छ। तैपनि, फोल्डेबलहरूले अझै पनि समग्र युरोपेली स्मार्टफोन बजारको लगभग २ प्रतिशत मात्र प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ।

चाखलाग्दो कुरा के छ भने, फ्लिप–स्टाइल (शैली) का नभइ बुक–स्टाइल (शैली) का डिभाइसहरू मुख्य बिक्री ड्राइभ भएको बताइएको छ। बुक–स्टाइलका फोल्डेबल बिक्री सन् २०२४ मा वर्षिक रुपमा ६० प्रतिशतले बढेको उल्लेखगरिएको छ। र अझै पनि, बुक–स्टाइलका फोल्डेबलहरूले अझै पनि समग्र स्मार्टफोन बजारको लगभग १ प्रतिशत मात्र प्रतिनिधित्व गर्ने थप उल्लेख गरिएको छ।

सन् २०२२ मा, सामसङले युरोपको फोल्डेबल डिभाइस बजारको ९८ प्रतिशत ओगटेको थियो, तर सन् २०२३ को अन्त्यसम्ममा अनर, गुगल, वनप्लस र टेक्नो बजारमा प्रवेश गरेपछि कम्पनीको हिस्सा ७३ प्रतिशतमा झरेको रिपोर्ट गरिएको छ। यो प्रवृत्ति सन् २०२४ मा पनि जारी रहेको र जसमा सबैभन्दा ठूलो प्रभाव अनरले पारेको उल्लेख गरिएको छ।

सन् २०२४ मा सामसङको बिक्री १० प्रतिशतले बढे पनि कम्पनीले बजारमा केवल ५० प्रतिशत हिस्सा मात्र ओगटेको बताइएको छ। दोस्रो स्थानमा रहेको अनरले वार्षिक रूपमा ३७७ प्रतिशत वृद्धिका साथ बजारमा ३४ प्रतिशत हिस्साका ओगटेको छ। गुगल ९ प्रतिशत र ७२ प्रतिशत वृद्धिका साथ तेस्रो स्थानमा रहेको छ भने ओप्पो १० प्रतिशत वृद्धि र ४ प्रतिशत हिस्साका साथ चौथो स्थानमा रहको छ। त्यसैगरी टेक्नोले ८८ प्रतिशत वृद्धिपछि २ प्रतिशत हिस्साका साथ शीर्ष पाँचमा स्थान बनाउन सफल भएको छ।

सामसङले यस वर्ष ग्यालेक्सी जेड फोल्ड७ लाई अझ प्रतिस्पर्धी बनाउने निर्णय किन गर्यो भनेर युरोपमा कम्पनीको बजार हिस्सा गिरावटले आंशिक रूपमा व्याख्या गर्ने सक्ने उल्लेख गरिएको छ। साथै अनर म्याजिक भी५ यस महिना युरोपमा आउँदैछ र यसले सामसङसँगको लडाईलाई अझै चर्काउने उल्लेख गरिएको छ। गुगलको पिक्सेल १० प्रो फोल्ड अक्टोबरमा रिलिज हुने अपेक्षा गरिएको छ भने एप्पलले अब सन् २०२६ को अन्त्यमा आफ्नो पहिलो फोल्डिङ्ग आईफोन रिलिज गर्ने हल्ला चलिरहेको छ।

यसकारण, काउन्टरपोइन्ट रिसर्च (सीआर) ले फोल्डेबलहरूले “अर्को वर्षबाट प्रिमियम खण्डको बढ्दो रूपमा ठूलो हिस्सा लिने” अपेक्षा गरेको छ। यस वर्षको पहिलो ६ महिनामा, नयाँ फोल्डेबलहरू रिलिज नभएको कारणले युरोपमा फोल्डेबल बिक्री घटेको बताइएको छ भने यो वर्षको दोस्रो आधा भागमा यस अवस्थामा परिवर्तन हुने अनुमान गरिएको छ र सन् २०२६ मा वृद्धि तीव्र हुने उल्लेख गरिएको छ। सन् २०२८ सम्ममा, काउन्टरपोइन्ट रिसर्च (सीआर) ले फोल्डेबल स्मार्टफोन बिक्री युरोपमा प्रति वर्ष लगभग ४० लाख पुग्ने अनुमान गरेको छ जुन इतिहासमा पहिलो पटक कुल स्मार्टफोन बिक्रीको २ प्रतिशत भन्दा बढी हो।

त्यसैगरी प्रिमियम खण्डतर्फ (८०० अमेरिकी डलर र सोभन्दा माथि बिक्री हुने डिभाइसहरू), फोल्डेबलहरू बिक्रीको लगभग १० प्रतिशत पुग्ने भनिएको छ जुन बेलायत र जर्मनी जस्ता प्रमुख बजारहरूमा सम्भवतः अझ बढी हो भनि जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३१ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया