Technology Khabar ३० श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
याडिया, लगातार ८ वर्षसम्म विश्वको नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले उच्च प्रदर्शनयुक्त याडिया भेलाक्समा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। अब यसको मूल्य अघिल्लो २,८५,००० बाट घटाएर २,४५,००० गरिएको छ।
यो अफर याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सवका रुपमा आएको हो।
याडिया भेलाक्स प्रदर्शन र भरपर्दोपन दुवै खोज्ने सवारहरूको लागि बनाइएको हो। कम्पनीका अनुसार ३२०० वाट मोटर र १७२ एनएम टर्कसहित यसले ६२ किमी/घण्टाको उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ।
यसको ३० एम्पियर आवर / ७२ भोल्ट एलएफपी (लिथियम आइरन फोस्फेट) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।
डिजाइन र सुविधाको दृष्टिले भेलाक्समा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ सीबीएसजस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लियरेन्स रहेको छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।
याडियाले भेलाक्समा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष / ५०,००० किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ
विशेष अफर – सीमित स्टक मात्र
कम्पनीका अनुसार नयाँ रु. २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि भेलाक्स पुनः अघिल्लो मूल्यमा फिर्ता हुनेछ।
याडिया १०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेछ। कुजु नेपाल प्रा. लि. २०२० देखि नेपालमा याडियाको आधिकारिक वितरक रहँदै आएको छ।
प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार