वानप्लसले आफ्नो अर्को मिड–रेञ्ज फोनको लागि १६५ हर्ज डिस्प्लेको परीक्षण गर्दै

Technology Khabar २८ श्रावण २०८२, बुधबार

काठमाडौं ।

वानप्लसले फ्ल्याट डिस्प्ले, १.५के रेजोल्युसन र १६५ हर्जको रिफ्रेस रेट भएको फोनको परीक्षण गरिरहेको एउटा नयाँ लीकले दावी गरेको छ।

चीनबाट बाहिरिएको लीकले डिभाइसमा राम्रो रेस्पोन्सिभनेस (प्रतिक्रिया दिने क्षमता) को लागि अपग्रेड गरिएको टच आईसी हुने उल्लेख गरेको छ।

डिजिटल च्याट स्टेशनबाट आएको यो समाचारले यो सेटअपले डिस्प्लेको मोसन स्मुथनेस र टच रेसपोन्स टाइम (समय) दुवैलाई उल्लेखनीय रूपमा सुधार गर्न सक्ने सुझाव दिएको छ।

यो प्रविधि पहिले वानप्लसको मिड–रेञ्ज लाइनअपमा प्रमाणिकरण परीक्षणमा रहेको भन्ने रोचक कुराको खुलासा गरिएको छ। १६५ हर्ज जस्ता अल्ट्रा–हाई रिफ्रेस रेटहरू सामान्यतया प्रिमियम फ्ल्यागशिपहरूको लागि आरक्षित गरिन्छन्। तर यस अवस्थामा, प्रारम्भिक परीक्षण राम्रो भएमा मात्र यो सुविधा ब्राण्डको टप–टियर (शीर्ष–स्तरीय) फोनहरूमा पुग्न सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

रेडमीले वानप्लस सँग प्रतिस्पर्धा गरिरहेको छः
अघिल्लो रिपोर्टमा, डिजिटल च्याट स्टेशनले शाओमीको रेडमी डिभिजनले पनि यस्तै १६५ हर्ज डिस्प्ले समाधानको खोजी गरिरहेको दाबी गरेको थियो।  वानप्लसले आगामी फोनको लागि प्रयोग गरिरहेको प्रविधि रेडमीको रुचिको रुपमा प्रत्यक्ष प्रतिक्रिया हुन सक्छ भन्ने टिपस्टरले सुझाव दिएको छ।

वानप्लसले विकास गरिरहेको ट्याब्लेटमा उही १६५ हर्ज स्क्रिन हुने अफवाहहरु पनि सुन्नमा आएका छन्। यद्यपि, यो डिस्प्ले कुन वानप्लस मोडेलले डेब्यू गर्नेछ भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी उपलब्ध भएको छैन।

यदि यो डिजिटल च्याट स्टेशनले सुझाव दिए जस्तै मिड–रेञ्ज (मध्य–दायरा) मोडेल हो भने, यो आगामी ऐस ६ सिरिज मध्ये एक हुन सक्ने उल्लेख गरिएको छ। वास्तवमा, मानक वानप्लस ऐस ६ १.५के रिजोल्युसन १६५ हर्ज स्क्रिनको साथ लन्च हुने हल्ला रहेको छ।

फोनमा अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिण्ट सेन्सर, स्न्यापड्रागन ८–सिरिज चिप र धातुको मिडल फ्रेम रहने बताइएको छ। यद्यपि, यसले आईपी६८ पानी र धुलो प्रतिरोध रेटिङ्ग पोउनेछ कि छैन भन्ने बारेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ।

वानप्लस ऐस ६ अक्टोबरमा लन्च हुने हल्ला रहेको छ भने यो डिभाइस विश्वव्यापी रूपमा वानप्लस १५आर को रूपमा आउन सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया