Technology Khabar २५ श्रावण २०८२, आईतवार
काठमाडौं ।
स्ट्यान्डर्ड चार्टर्डले शुक्रबार रणनीतिक साझेदारहरूसँग संयुक्त उद्यम गठन गरेर हङकङमा स्टेबलक्वाइन जारी गर्न अनुमति (लाइसेन्स) को लागि आवेदन दिने जनाएको छ। यो घोषणा हङकङमा स्टेबलकोइनसम्बन्धी कानुन लागू भएको केही दिनपछि आएको हो।
स्थिर मूल्य कायम गर्न डिजाइन गरिएका स्टेबलक्वाइनहरू एक प्रकारको क्रिप्टोकरेन्सी हुन्, जुन प्रायः अमेरिकी डलरजस्ता फिएट मुद्रासँग जोडिएको हुन्छ र क्रिप्टो व्यापारीहरूद्वारा टोकनहरूबीच कोष सार्न प्रयोग गरिन्छ।
रोयटर्सका अनुसार स्ट्यान्डर्ड चार्टर्डको हङकङ शाखा, ब्लकचेन गेमिङ विकासकर्ता एनिमोका ब्रान्ड्स र टेलिकम कम्पनी एचकेटीको संयुक्त उद्यम एङ्करपोइन्ट फाइनान्सियलले हङकङ मौद्रिक प्राधिकरण (एचकेएमए) मा लाइसेन्सको लागि आवेदन दिन औपचारिक चासो जनाएको बैंकले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
हङकङले मे महिनामा फिएट मुद्रासँग सम्बन्धित स्टेबलकोइन जारीकर्ताहरूका लागि लाइसेन्स प्रणाली स्थापनासम्बन्धी विधेयक पारित गरेको थियो, जसले आगामी स्टेबलकोइन जारीकर्ताहरूका लागि नियामक स्पष्टता प्रदान गरेको छ। यो कानुन अगस्त १ बाट लागू भएको हो।
एचकेएमएले गत महिनाको अन्त्यमा आयोजित एक पत्रकार सम्मेलनमा पहिलो चरणका स्टेबलक्वाइन लाइसेन्सहरू आगामी वर्षको सुरुवातमा जारी हुने अपेक्षा गरिएको जनाएको थियो।
प्रकाशित: २५ श्रावण २०८२, आईतवार