
काठमाडौं ।
गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ।
यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउन र नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाउन मद्दत गर्नेछ।
यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्राण्ड बनेको कम्पनीको दावी छ।
यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको र यस अन्तर्गत गोगोरोले अब स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र रु १ लाखको बाइब्याक भ्यालु ग्यारेन्टी प्रदान गर्नेछ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूमाझ ब्याट्री बिग्रँदै जानु वा ब्याट्रीमा ह्रास आउनु मुख्य चिन्ताको विषय बनेको छ र जसले रिसेल भ्यालु पनि घटाउँछ। गोगोरोले अब ब्याट्री स्वापिङ प्रविधिबाट उक्त समस्याको समाधान गर्ने जनाएको छ।
परम्परागत ईभीहरुमा ब्याट्री सवारीधनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्नुको सट्टा, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप गर्न (चार्ज सकिएको ब्याट्री राखेर फुल चार्ज भएको ब्याट्री लिने) सक्नेछन्।
यसकै परिणामस्वरूप, गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको कम्पनीको भनाई छ।
“गोगोरो नेपालको यातायातको भविष्य हो” नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ ओटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
नाईमामा विशेष अफरहरूः
बाइब्याकग्यारेन्टीसँगै गोगोरोले नाईमा अटो शोमा केही आकर्षक अफरहरू पनि लिएर आएको छः
गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा लाइफटाइम ग्यारेन्टी र लङ्ग–टर्म भ्यालू एसुरेन्स सहितको बलियो संयोजन मार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ कम्पनी दावी छ।
प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार