
काठमाडौं ।
एप्पलले सन् २०२८ देखि नै आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचार गरिरहेको द इलेकको नयाँ रिपोर्टले खुलासा गरेको छ।
सन् २०२४ को आईप्याड प्रोमा पहिलो पटक प्रयोग गरिएको ट्यान्डम ओएलईडी प्रविधिमा दुई ओभरल्यापिङ ओएलईडी तहहरू समावेश छन् जसले उच्च ब्राइटनेस (चमक) र कम पावर खपत प्रदान गर्दछ।
एप्पलले यस प्रविधिको सरलीकृत संस्करण रुचाउने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ। त्यसैगरी एलजी डिस्प्ले र सामसङ डिस्प्ले कम्पनीसँग वार्तामा रहेको थप उल्लेख गरिएको छ।
सामान्य दुई वर्षको विकास र उत्पादन चक्र पछ्याउँदै, यो स्क्रिन भएको पहिलो आईफोन सन् २०२८ मा डेब्यू हुने अपेक्षा गरिएको छ। यो प्रविधि सुरुमा प्रो मोडेलहरूमा प्रयोग गरिने सम्भावना रहेको बताइएको छ।
प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार