कक्षा १२ को नतिजा चित्त बुझेन? यसरी गर्नुहोस् अनलाइन ‘रिटोटलिङ’

  • Technology Khabar | २० श्रावण २०८२, मंगलवार

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले हिजो सोमबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ।

गत २०८२ साल वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले हिजो अर्थात् साउन १९ गतेको प्रकाशन गरेको हो।

यो पटक ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ‘ग्रेड’ (उत्तीर्ण) प्राप्त गरेका छन्।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ तीन लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएकामा दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएकामा ४१ हजार ८४० विद्यार्थी उत्तीर्ण भएका छन्।

नियमिततर्फ ११ र आंशिकतर्फ छ गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको र सबै विषयमा ग्रेड प्राप्त विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५रहेको बोर्डले जनाएको छ।

‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक अर्थात् मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। तर नन ग्रेड भएका वा आएको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योग अर्थात् रिटोटलिङ गर्न सक्नेछन्।

यसका लागि अनलाइनबाटै आवेदन तथा दस्तुर भुक्तानीको व्यवस्था गरिएको छ। पुनर्योगका लागि निवेदन दिन चाहने परीक्षार्थीहरूले मिति आगामी साउन २९ गतेभित्र निम्नानुसार अनलाइन फाराम भरेर निवेदन दिनुपर्नेछ।

अनलाइन फाराम भर्ने प्रक्रिया

  • neb.gov.np मा गई Online payment (Retotaling) मा जाने। वा payment.neb.gov.np/ Student Portal मा जाने ।
  • सिम्बोल नं. र जन्ममिति राखेर सर्च गर्ने। कुन विषयमा रिटोटल गर्ने हो सो विषयको अगाडि ठिक चिनो लगाउने।
  • खल्ती, ईसेवालगायतका डिजिटल वालेटबाट दस्तुर तिर्ने।
  • फाराम बुझाइसकेपछि प्राप्त हुने कन्फर्मेशन मेसेजलाई सेभ गरेर राख्ने।
  • नतिजका लागि बोर्डको वेबसाइट neb.gov.np मा हेर्ने ।

प्रकाशित: २० श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २० श्रावण २०८२, मंगलवार