स्वच्छ ऊर्जातर्फ आकर्षण बढ्दो: एक वर्षमा पौने ३२ अर्ब बराबरको चारपाङ्रे विद्युतीय सवारी आयात,

Technology Khabar ११ श्रावण २०८२, आईतवार

काठमाडौं ।

गत आर्थिक वर्ष २०८१/२०८२ मा नेपालमा ३१ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको १३ हजार ५ सय ६९ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को समग्र वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ।

यो अवधिमा माथि उल्लिखित रकम बराबरको १३ हजार ५६९ थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका हुन्।

यो आँकडा अघिल्लो आर्थिक वर्ष अर्थात् २०८०/८१ मा २९ अर्ब ४८ करोड २७ लाख  ९४ हजार रुपैयाँ बराबरको ११ हजार ७०१ थान रहेको थियो। तुलनात्मक हिसाबले हेर्दा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा २ अर्ब २७ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको १ हजार ८६८ थान बढी चार पाङ्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया, मलेसिया र अमेरिका गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म२८३२४, ९८, ८३, ४२, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१८९६३, ३१, ५७, १६, ०००
कार, जीप र भ्यानइण्डोनेशिया५० किलोवाटसम्म७४,२२,०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म ६०९२ १५, ५०, ४१, ८५, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म १३३८ ३, ११, २०, ४०, ०००
कार, जीप र भ्यानद. कोरिया५१ देखि १०० किलोवाटसम्म १४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म१२४९४, ०३, ८२, १५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म३६२५, १२ , ४०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म१२१, ८८, ०५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद. कोरिया१०१ देखि २०० किलोवाटसम्म२, ३५, १९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानमलेसिया१०१ देखि २०० किलोवाटसम्म५०१२, ५४, १२,०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४, १७, ४७, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म३२ १९, ३४, ३८, ०००
कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म५ ८,०२, ५८, ०००
कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म १४७, ९१, ०००

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

 

प्रकाशित: ११ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया