Technology Khabar ९ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
नेपालमा याडिया को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ तरंग ल्याउँदैछ। याडिया को भेलाक्स सिरिज तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक सार्वजनिक शुभारम्भ हुँदैछ, जुन शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएका छन्।
प्रतीक्षित लाइनअपमा समावेश छन्:
भेलाक्स फास्ट चार्जिङ, भेलाक्स यू: अल्ट्रा पर्फर्मेन्स र भेलाक्स एच: हाइ पर्फर्मेन्स जसलाई नाइमा अटो शो २०२५ मा पहिलो पटक सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ। यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी मोबिलिटी अनुभव गर्नेछन्।
भेलाक्स फास्ट चार्जिङ – अब चार्जिङ्गमा मात्र २० मिनेट
व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि याडिया को यो मोडेल एक क्रान्तिकारी परिवर्तन हो। ७६भी ३०एएच एलएफपी ब्याट्री सहितको भेलाक्स फास्ट चार्जिङ स्कुटरले ११० किमी सम्मको रेञ्ज दिन्छ।
यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमताको साथ, द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हो। यसमा ३२००डब्लू मोटर, ६२ किमी/घण्टा गति, र १७२ एनएम टर्क रहेको छ जसले द्रुत ऊर्जा र भरपर्दो प्रदर्शन प्रदान गर्छ।
भेलाक्स यू – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड
प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडिया को प्रमुख मोडेल हो भेलाक्स यू। यो डुअल ७४V २० एएच ब्याट्री सिस्टम द्वारा सञ्चालित छ र १४० किमी सम्म रेञ्ज प्रदान गर्छ। ४९०० डब्लू शक्तिशाली मोटर, ८० किमी/घण्टा गति, र १७६ एनएम टर्क सहित, “यू” को अर्थ नै अल्ट्रा पर्फर्मेन्स हो — जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै पुनःनिर्धारण गर्छ।
भेलाक्स एच – उच्च प्रदर्शन, दैनिक यात्राको साथी
दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलाक्स H याडिया को मूल्यमैत्री तर शक्तिशाली मोडेल हो।
यसमा ७२भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ।
३२००डब्लू मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ एनएम टर्क सहित, “एच” को अर्थ हो हाइ पर्फर्मेन्स
याडिया भेलाक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ जहाँ ग्राहकहरू द्रुत चार्जिङ्ग, उच्च प्रदर्शन, वा बजेटमैत्री स्मार्ट विकल्प बीच छनोट गर्न सक्नेछन्, त्यो पनि वातावरणमैत्री भविष्य अँगाल्दै।
पूरा लाइनअपलाई याडियाको प्याभिलियनमार्फत नाइमा अटो शो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिने छ। उत्पादनका थप विशेषताहरू, मूल्य, र उपलब्धता सम्बन्धी जानकारी सोही कार्यक्रममा खुलासा गरिनेछ।
प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार