मोटोरोलाको यी डिभाइसहरूमा एन्ड्रोइड १६ को अन्तिम अपडेट आउँदै, कुन कुन परे?

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

गुगलको एन्ड्रोइड १६ आफ्नो सामान्य रिलिज समयरेखाभन्दा महिनादिन अगाडि आइपुगेको छ। यो पहिले नै गुगल पिक्सेलको लागि उपलब्ध भइसकेको छ र मोटोरोला सहित अन्य ब्राण्डहरू पनि रोलआउटको लागि तयारी गरिरहेका छन्।

मोटोरोलाले पहिले नै प्रयोगकर्ताहरूलाई एन्ड्रोइड १६ बिटा प्रयास गर्न आमन्त्रित गर्न सुरु गरिसकेको छ र चाँडै कम्पनीले स्थिर निर्माणलाई अगाडि बढाउन थाल्ने उल्लेख गरिएको छ।

एन्ड्रोइड १६ अपडेटको साथ अब धेरै मोटोरोला डिभाइसहरू आफ्नो अन्त्यमा पुग्ने भएका छन्। यसको मतलब तिनीहरूले आफ्नो बाँकी समय एन्ड्रोइडको एउटै संस्करणमा चलाएर बिताउने भएका छन्।

एन्ड्रोइड १६ अपडेटको साथ पाखा लाग्ने त्यस्ता मोटोरोला डिभाइसहरूको सूची तयार पारिएको छ। त्यसैले अर्को वर्ष डिभाइसलाई अपग्रेड गर्न आवश्यक छ कि छैन भनेर पत्ता लगाउनका तलको सूची हेर्नुहोस्।

यी मोटोरोला फोनहरूले अन्तिम प्रमुख अपग्रेडको रूपमा एन्ड्रोइड १६ प्राप्त गर्नेछन्ः

  • मोटोरोला एज ४० प्रो
  • मोटोरोला एज (२०२४)
  • मोटोरोला थिङ्कफोन
  • मोटोरोला रेजर २०२३/रेजर ४०
  • मोटोरोला रेजर+ २०२३/रेजर ४० अल्ट्रा
  • मोटोरोला मोटो प्याड ६० प्रो
  • मोटोरोला मोटो जी८५
  • मोटोरोला मोटो जी५५
  • मोटोरोला मोटो जी३५

माथिको सूची प्रायः मोटोरोलाको सफ्टवेयर अपडेट नीतिमा आधारित रहेको छ। यदि सूचीमा तपाईंको डिभाइस परेको छ भने नवीनतम सुविधाहरू र सुधारहरू प्राप्त गर्न जारी राख्न तपाईंले अर्को वर्ष कुनै समय अपग्रेड गर्नुपर्ने हुन सक्छ।

मोटोरोलाले एन्ड्रोइड १६ अपडेट कहिलेदेखि सुरु गर्नेछ?

सफ्टवेयर रोलआउटको कुरा गर्दा मोटोरोला आफ्ना समकक्षीहरू भन्दा अलि ढिलो हुने गरेको छ। ब्राण्ड अझै पनि गत वर्षको एन्ड्रोइड १५ अपडेट धेरै फोनहरूमा पुर्याउन व्यस्त रहेको छ।

तर यसको अर्थ अर्को अपग्रेड धेरै टाढा रहेको छ भन्ने होइन। मोटोरोलाले सहभागीहरूलाई एन्ड्रोइड १६ बिटा प्रयास गर्न आमन्त्रित गर्न सुरु गरिसकेको छ र सिटहरू धेरै सीमित रहेको बताइएको छ। साथै यो हाल केवल विशिष्ट क्षेत्रहरू र उपकरणहरूको लागि मात्र उपलब्ध गराइएका छन्।

पूर्ण सार्वजनिक बीटा परीक्षण भने अझै पनि मोटोरोला डिभाइसहरूको लागि उपलब्ध नभएको बताइएको छ जुन यसका धेरै प्रतिस्पर्धीहरूद्वारा प्रस्ताव गरिएको छ। साथै फोरममा हालको परीक्षण अवसरहरू जाँच गर्नको लागि करेन्ट टेस्टिङ अपरच्युनिटिज पेजमा हेर्न सकिने छ।

रिलीज मितिको सन्दर्भमा, मोटोरोलाले अहिलेसम्म यसको बारेमा केही पनि घोषणा गरेको छैन र कम्पनीले यसो गर्ने सम्भावना पनि कम भएको उल्ेख गरिएको छ। डिभाइसले वास्तवमा अपडेट प्राप्त गरेपछि मात्र यसको बारेमा थाहा पाइने बताइएको छ।

यद्यपि, अघिल्लो रोलआउटको आधारमा, मोटोरोला प्रयोगकर्ताहरूले एन्ड्रोइड १६ को रोलआउट सेप्टेम्बर वा अक्टोबरको वरिपरि लाइभ हुने आशा गर्न सक्छन् भनि गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया