कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक विवरणको पत्र सीएएमआईएस प्रणालीमा पठाउने

  • Technology Khabar | ५ श्रावण २०८२, सोमबार
कम्पनी रजिस्ट्रारको कार्यालयले वार्षिक विवरणको पत्र सीएएमआईएस प्रणालीमा पठाउने

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरणको पत्र प्रणालीबाट स्वचालितरुपमा सीएएमआईएस प्रणालीमा रहेको कम्पनीको खातामा पठाउने गरी व्यवस्था मिलाइने जानकारी दिएको छ।

कम्पनीको सूचना प्रविधि शाखाले आज एक सूचना जारी गरेर कार्यालयमा दर्ता रहेका कम्पनीहरुले कार्यालयमा दर्ता रहेका कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ भित्रमा आवेदन पेश गरी कार्यालयमा बुझाउनु पर्ने जरिवाना रकम अनलाइन मार्फत बुझाउने सिलसिलामा सीएएमआईएस प्रणालीमा छुट नदेखाएको गुनासोबारे गम्भीरतापूर्वक लिएको बताएको छ।

यसबाहेक तिर्नुपर्ने भन्दा बढी रकम देखाएको भनी कम्पनीहरुबाट गुनासोहरु प्राप्त भएकोमा यस विषयलाई पनि गम्भीरताका साथ लिँदै देखिएको समस्यालाई शीघ्रताका साथ समाधान गर्न प्रविधिक टोलीबाट काम भइरहेको जानकारी पनि दिएको छ।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • ५ श्रावण २०८२, सोमबार