आईओएस अपडेट लिक प्रकरणमा एप्पलले हाल्यो यूट्युबर जोन प्रोसरविरुद्ध मुद्दा

  • Technology Khabar | ५ श्रावण २०८२, सोमबार
आईओएस अपडेट लिक प्रकरणमा एप्पलले हाल्यो यूट्युबर जोन प्रोसरविरुद्ध मुद्दा

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस २६ सम्बन्धी गोप्य सूचना लिक गरेको आरोपमा चर्चित युट्युबर जोन प्रोस्सर र माइकल रमासियोटी विरुद्ध मुद्दा दायर गरेको छ।

रोयटर्समा प्रकाशित रिपोर्ट अनुसार रमासियोटीले एप्पल कर्मचारीको फोन प्रयोग गरेर गोप्य जानकारी प्रोस्सरलाई उपलब्ध गराएका थिए। प्रोसरले ती विवरणहरू जनवरीमा आफ्नो युट्युब च्यानल ‘फ्रन्ट पेज टेक’ मार्फत सार्वजनिक गरेका थिए।

कम्पनीले आओएस २६ का गोप्य फिचरहरू समयभन्दा अघि नै सार्वजनिक गरी एप्पलको व्यवसायिक गोपनीयता उल्लंघन गरेको आरोप लगाएको छ।

उजुरीमा उल्लेख भए अनुसार आर्थिक समस्यामा परेका रमासियोटीलाई प्रलोभन देखाई प्रोसरले यस्तो कार्यमा संलग्न गराएका थिए। एप्पललाई यो घटनाबारे अप्रिलमा एक गुमनाम स्रोतबाट जानकारी प्राप्त भएको थियो, जसपछि कम्पनीले आन्तरिक अनुसन्धान गरी मुद्दा अघि बढाएको हो।

प्रोस्सरले भने रोयटर्ससँगको कुराकानीमा आफूले कुनै नियोजित योजना बनाइ सूचना चोरी नगरेको दावी गरेका छन्।

मुद्दामार्फत एप्पलले क्षतिपूर्ति रकम (निश्चित रकम खुलाइएको छैन) र दुवै प्रतिवादीलाई गोप्य जानकारी प्रयोग गर्न वा सार्वजनिक गर्न नपाउने आदेशको माग गरेको छ।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...