‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार काठमाडौंमा डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, क्रियाशील महिला पत्रकार डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतले आचारसंहिताको महत्वबारे प्रकाश पारेका थिए।

पत्रकारिता पेसालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। उनीहरूले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको उल्लेख गदै पत्रकार आचारसंहिता कार्यान्वयन नै ती चुनौती सामना गर्ने आधार भएको धारणा राखे।-रासस

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया