Technology Khabar ३२ असार २०८२, बुधबार
काठमाडौं ।
एप्पलले भारतमा आईफोन १७ को परीक्षण उत्पादन सुरु गरेको रिपोर्ट गरिएको छ। कम्पनीको यस कदमले चीन बाहिर उत्पादन विविधीकरण गर्ने आफ्नो निरन्तर प्रयासमा अर्को कोसेढुङ्गा सावित हुने भएको जनाइएको छ। प्रारम्भिक उत्पादन सुरुवात दक्षिण भारतमा हुने भनिएको छ जसले भारतलाई आईफोन आपूर्ति श्रृंखलामा ठूलो भूमिका दिने उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा डेब्यू गर्नु अघि आईफोन १७ भारतमा परीक्षण दौडमा प्रवेश गर्योः
क्युपर्टिनोमा आधारित कम्पनीले पहिले नै फक्सकन मार्फत भारतमा आगामी आईफोन १७ मोडेलहरूको परीक्षण र विकास गरिरहेको इकोनोमिकटाइम्सको रिपोर्टले उल्लेख गरेको छ। फक्सकन एप्पलको आपूर्ति श्रृंखलामा सबैभन्दा ठूलो अनुबंध निर्माता हो। साथै एप्पलले पहिले नै चीनबाट आफ्नो अर्को पुस्ताको फ्ल्यागशिपको लागि कम्पोनेन्टहरू आयात गर्न सुरु गरिसकेको छ। यी कम्पोनेन्टहरू मध्ये ९० प्रतिशत आईफोन १४ र आईफोन १६ को लागि थिए भने केवल १० प्रतिशत नयाँ आईफोन १७ को लागि भएको उल्लेख गरिएको छ।
यो कदमले ब्राण्डको यस क्षेत्रमा आगामी चाडपर्वको अवधिमा आफ्ना डिभाइसहरूलाई अगाडि बढाउने योजनालाई पनि प्रदर्शन गर्दछ। प्रवद्र्धन सम्झौता र बिक्रीसँगै, कम्पनीले अगस्ट महिनामा उच्च बिक्रीको लक्ष्य राखेको जनाइएको छ। आईफोन १७ कम्पोनेन्टहरूको छोटो अवधिको अर्डरले आईफोन १७ परीक्षण उत्पादन र परीक्षणबाट गुज्रिरहेको संकेत गरेको छ। यस विषयसँग नजिकको स्रोतले यो महिनादेखि फक्सकनमा उत्पादन सुरु हुने कुराको पनि खुलासा गरेको छ। त्यसैले ठूलो मात्रामा उत्पादन सम्भवतः अगस्ट महिना पछि हुन सक्ने उल्लेख गरिएको छ।
अहिलेसम्मको लागि, एप्पलले सन् २०२५ को सेप्टेम्बरमा आईफोन १७ सिरिज अनावरण गर्ने सम्भावना रहेको थाहा हुन आएको छ। त्यसैगरी फक्सकनले तमिलनाडुको ओरागडममा नयाँ प्लान्ट खोल्ने हल्ला पनि सुन्नमा आएका छन्। यसैबीच, अवस्थित बेंगलुरु प्लान्टले आईफोन १६ र आईफोन १६ई मोडेलहरूमा ध्यान केन्द्रित गर्ने बताइएको छ। यसबाहेक, आईफोन १७ई सन् २०२६ को वसन्तमा डेब्यू हुने अपेक्षा गरिएको छ भने आईफोन १७ प्रो हालै ह्यान्ड्स–अन तस्बिरहरू लीक भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ३२ असार २०८२, बुधबार