गोदावरी नगरपालिकाबाट गरिँदै आएको राष्ट्रिय परिचय पत्र वितरणको काम स्थगित

  • Technology Khabar | २९ असार २०८२, आईतवार
गोदावरी नगरपालिकाबाट गरिँदै आएको राष्ट्रिय परिचय पत्र वितरणको काम स्थगित

काठमाडौं ।

गोदावरी नगरपालिकाबाट गरिँदै आएको राष्ट्रिय परिचय पत्र वितरणको काम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित भएको छ। नगरपालिकाले आज एक विज्ञप्ति प्रकाशित गरी २०८२ असार मसान्तबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो।

‘सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्रहीहरुलाई विशेष सेवा प्रदान गर्न यस नगरपालिका र अन्तर्गतका वडा कार्यालयमा राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य सञ्चालन गर्नुपर्ने भएकाले हाललाई वडा कार्यालयबाट वितरण गरिँदै आएको राष्ट्रिय परिचय पत्र वितरण कार्य मिति २०८२ असार मसान्तबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकरीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ।

नगरपालिकाले आफ्ना वडा कार्यालय मार्फत राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएकोमा सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले आगामी आ.व २०८२ / ८३ मा पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अनिवार्य रुपमा २०८२ श्रावण १ गते देखि भाद्र मसान्तसम्म नवीकरण गर्नुपर्ने प्रावधान भएकोले र नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने निर्णय गरे बमोजिम तत्कालका लागि यो सेवा स्थगित गरिएको बुझिएको छ।

प्रकाशित: २९ असार २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार