Technology Khabar २८ असार २०८२, शनिबार
काठमाडौं ।
शाओमीले आफ्नो वाईयू७ इलेक्ट्रिक एसयूभीको उच्च–प्रदर्शन संस्करण टिज (भलक) प्रदान गरेको छ। वाईयू७ अल्ट्रा एसयूभी हालै चीनको सडकमा अण्डरकभर अवस्थामा देखिएको छ।
एसयू७ अल्ट्रा सेडानको सफलता पछि, कथित “वाईयू७ अल्ट्रा” ले एसयूभी बजारमा सुपरकार–स्तरको प्रदर्शन ल्याउने तयारी गरिरहेको देखिन्छ।
वाईयू७ अल्ट्रा एसयूभी र्यापिङ्ग अवस्थामा गोप्य रूपमा देखा पर्योः
जुलाई १० तारिखमा, चाइनाईभीहोमले क्यामफ्लज गरिएको वाईयू७ अल्ट्रा प्रोटोटाइपको तस्बिरहरू साझा गरेको छ। यस वाईयू७ अल्ट्रा एसयूभीले मानक वाईयू७ को स्लिक सिल्हूट कायम राखे पनि यसले ठूलो एयर इन्टेक, फ्लेर्ड ह्वील आर्चहरू र थप आक्रामक स्ट्यान्सको साथ स्पोर्टी टचहरू थपेको उल्लेख गरिएको छ।
वाईयू७ अल्ट्राले पनि एसयू७ अल्ट्राको जस्तै डुअल–मोटर सेटअप प्रयोग गर्नुका साथै आश्चर्यजनक रुपमा १,५४८ हर्सपावर र १,७७० एनएम टर्क प्याक गर्ने रिपोर्टहरूले संकेत गरेको छ।
प्रारम्भिक अनुमानहरूले वाईयू७ अल्ट्राले थोरै सानो ९३.७ किलोवाटआवर एनएमसी ब्याट्रीको साथ पनि (मानक वाईयू७ को ९६.३ किलोवाट आवर प्याकको तुलनामा) लगभग २.५ सेकेन्डमा ०–१००किमी/घण्टाको गति प्रदान गर्ने सुझाव दिएको छ।
यदि यो जानकारी सत्य भएको खण्डमा भने, वाईयू७ अल्ट्राले बजारमा सबैभन्दा फास्टेस्ट (तीव्र) इलेक्ट्रिक एसयूभी मध्ये एकको रूपमा आफूलाई स्थान दिनेछ। शाओमीको मानक वाईयू७ पहिले नै उच्च मागमा रहेका छ र ३००,००० अर्डरहरूका साथै एक वर्षसम्म प्रतीक्षा सूचीहरू फैलिएको छ। त्यसैले कम्पनीको अल्ट्रा संस्करणको रुचि पनि तीव्र हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
कहिले र कहाँ?
वाईयू७ अल्ट्रा सन् २०२६ को सुरुमा चीनमा डेब्यू हुन सक्ने बताइउको छ जसको मूल्य टप–टियर वाईयू७ म्याक्स भन्दा पनि माथि हुनेछ। यद्यपि वाईयू७ अल्ट्राको अन्तर्राष्ट्रिय उपलब्धताको बारेमा भने स्पष्टता नभएको जनाइएको छ। त्यसैगरी लाइनअपमा ठूलो “वाईयू९” पनि सामेल हुने चर्चा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ असार २०८२, शनिबार