
काठमाडौं ।
सामसङले आधिकारिक रूपमा अत्यधिक प्रतिक्षामा रहेको यसको आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो र परिष्कृत फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ को अनावरण गरेको छ। नयाँ फोल्डेबलमा पातलो, हल्का निर्माणको साथ डिजाइन ओभरहाल मात्र नभएर उच्च–स्तरीय प्रदर्शनको लागि शक्तिशाली स्न्यापड्रागन ८ एलिट चिपसेट पनि प्याक गरिएको छ। सुधारिएको स्थायित्व, राम्रो हिञ्ज मेकानिजम र अपग्रेड गरिएका क्यामराहरूका साथै ब्रान्डको पछिल्लो फ्ल्यागशिप फोल्डेबलको बारेमा जान्नुपर्ने सबै कुरा यहाँ रहेका छन्।
१. सामसङ ग्यालेक्सी जेड फोल्ड ७ को डिजाइन र डिस्प्लेः
दक्षिण कोरियाली टेक जायन्टले अन्ततः चिनियाँ प्रतिस्पर्धीहरूको सँग फोल्डेबल डिजाइनको लयहरू समात्दै अब आफ्नो धेरै पातलो ग्यालेक्सी जेड फोल्ड ७ ल्याएको छ। यो नयाँ डिभाइसको पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड ६ अनफोल्ड (खोल्दा) गर्दा ५.६ एमएम र फोल्ड गर्दा १२.१ एमएम मापन गरिएको थियो। ग्यालेक्सी जेड फोल्ड ७ भने अनफोल्ड गर्दा (खोल्दा) ४.२ एमएम र फोल्ड गर्दा ८.९ एमएम मात्र मापन गर्दछ। तुलनाको लागि, सामसङको प्रमुख ग्यालेक्सी एस२५ अल्ट्राको तौल २१८ ग्राम छ भने जेड फोल्ड ७ २१५ ग्राम रहेको छ। सामसङले पानी र धुलो प्रतिरोधको लागि आईपी४८ रेटिङको साथ आर्मर फ्लेक्सहिञ्ज भनिने हिन्जमा पनि सुधार गरेको छ।
कभर डिस्प्ले ६.५ इन्चको डायनामिक एएमओएलईडी २एक्स डिस्प्ले हो जसमा २१ः९ आस्पेक्ट रेशियो, एफएचडी+ रिजोल्युसन, सुरक्षाको लागि कोर्निङ गोरिल्ला ग्लास सेरामिक २ र १२० हर्ज रिफ्रेस रेट रहेको छ। यसैबीच, प्राथमिक स्क्रिनमा क्यूएक्सजीए+ रिजोल्युसन (२१८४ ह १९६८) र १२०हर्ज रिफ्रेस रेट भएको भव्य ८ इन्चको डायनामिक एएमओएलईडी २एक्स प्यानल रहेको छ। यस वर्ष ग्यालेक्सी जेड फोल्ड ७ बाट ग्यालेक्सी एस पेन हटाइएको हुनाले यसलाई उल्लेखनीय डाउनग्रेडको रुपमा हेरिएको छ। तर यसले ब्रान्डलाई यूटीजी (अल्ट्रा–थिन–ग्लास) अलि बाक्लो बनाउन अनुमति दिएको थप उल्लेख गरिएको छ।
२. पर्फमेन्सः
सामसङले जेड फोल्ड ७ मा उच्च स्तरको प्रदर्शनको लागि भनेर क्वालकम स्न्यापड्रागन ८ एलिट फर ग्यालेक्सी चिपसेट समावेश गरेको छ। यो चिप १६जीबी सम्मको र्याम र १टीबी सम्मको आन्तरिक स्टोरेजसँग जोडिएको छ। कम्पनीले ब्याट्री आकार वा चार्जिङ गतिमा भने कुनै अपग्रेड उपलब्ध गराएको छैन। त्यसैले डिभाइसमा अझै पनि २५ वास्ट वायर्ड फास्ट चार्जिङ र वायरलेस चार्जिङ समर्थन (यसको पूर्ववर्ती जस्तै) सहितको ४,४००एमएएच सेल रहेको उल्लेख गरिएको छ। डिभाइसको आन्तरिक पक्षले ठूलो स्तरको अपग्रेड प्राप्त नगरे पनि, कम्पनीले ग्यालेक्सी एआई र सुधारिएको जेमिनी एकीकरणको साथ सफ्टवेयर अनुभव सुधार गर्न काम गरेको छ।
३. क्यामराः
नयाँ ग्यालेक्सी जेड फोल्ड ७ मा एउटा छलाङ्गको रुपमा यसको फ्ल्यागशिप ग्रेड क्यामरा भएको बताइएको छ। पछाडिको भागमा उही २०० मेगापिक्सेलको क्यामरा (१÷१.३–इन्च सेन्सर, एफ१.७ एपर्चर) छ, जुन ग्यालेक्सी एस२५ अल्ट्रा र ग्यालेक्सी एस२५ एजमा पनि पाइन्छ। यद्यपि, अन्य दुई क्यामराहरूमा भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र ३ह अप्टिकल जुम भएको १० मेगापिक्सेलको टेलिफोटो शूटर समावेश गरिएका छन्। प्राथमिक स्क्रिनमा रहेको अन्डर–डिस्प्ले सेल्फी क्यामरा पनि हटाइएको छ। साथै अब मुख्य र कभर स्क्रिन दुवैमा पञ्च होल कटआउटमा १० मेगापिक्सेलको फ्रन्ट फेसिङ्ग शूटर उपलब्ध गराइएको छ।
४. मूल्य निर्धारण र उपलब्धताः
सामसङ ग्यालेक्सी जेड फोल्ड ७ सिल्भर श्याडो, नेभी र पिंक गरी तीनओटा रङ्ग विकल्पहरूमा घोषणा गरिएको छ। हाल प्रि–अर्डरको लागि सूचीबद्ध गरिएको यो फ्ल्यागशिप फोल्डेबल सेटको पहिलो बिक्री सन् २०२५ को जुलाई २५ तारिखदेखि सुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ। यसको मूल्य निर्धारण यहाँ छः
विश्वव्यापी मूल्य निर्धारणः
१२जीबी + २५६जीबी – १,९९९ अमेरिकी डलर
१२जीबी + ५१२जीबी – २,१९९ अमेरिकी डलर
१६जीबी + १टीबी – २,४९९ अमेरिकी डलर
त्यसैगरी ५१२ जीबी र १ टिबी मोडेलहरू अहिले क्रमशः १,९९९ अमेरिकी डलर र २,२६९ अमेरिकी डलरमा प्रि–अर्डरको लागि उपलब्ध गराइएका छन्।
भारतीय मूल्यः
१२जीबी + २५६जीबी – १७४,९९९ भारतीय रुपैयाँ (लगभग २,०४१ अमेरिकी डलर)
१२जीबी + ५१२जीबी – १८६,९९९ भारतीय रुपैयाँ (लगभग २,१८१ अमेरिकी डलर)
१६जीबी + १टीबी – २१०,९९९ भारतीय रुपैयाँ (लगभग २,४६१ अमेरिकी डलर)
प्रकाशित: २६ असार २०८२, बिहीबार