मस्कले राजनैतिक दल खोलेपछि अजोरिया पार्टनर्सद्वारा ‘अजोरिया टेस्ला कन्भेक्सिटी ईटीएफ सूचीकरण स्थगित

  • Technology Khabar | २३ असार २०८२, सोमबार
मस्कले राजनैतिक दल खोलेपछि अजोरिया पार्टनर्सद्वारा ‘अजोरिया टेस्ला कन्भेक्सिटी ईटीएफ सूचीकरण स्थगित

काठमाडौं ।

लगानी कम्पनी अजोरिया पार्टनर्सले शनिबार इलन मस्कले नयाँ अमेरिकी राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि आफ्नो ‘अजोरिया टेस्ला कन्भेक्सिटी एक्सचेन्ज ट्रेडेड फन्ड’ (ईटीएफ) को सूचीकृत प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

मस्कले आफू स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्वेक्षण गरेपछि शुक्रबार घोषणा गरेका थिए, “तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिनका लागि आज ‘अमेरिका पार्टी’ गठन गरिएको छ।”

अजोरियाले विद्युतीय सवारी कम्पनी टेस्लाका शेयर र अप्सनहरूमा लगानी गर्ने उक्त ईटीएफ अर्को साता सुरू गर्ने तयारी गरेको थियो।

तर मस्कको घोषणा लगत्तै अजोरियाका सीईओ जेम्स फिसब्याकले एक्समा नयाँ पार्टीप्रति आलोचनात्मक टिप्पणी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो समर्थन दोहोर्याएका थिए।

रोयटर्सका अनुसार अन्ततः फिसब्याकले एक पोस्टमार्फत ईटीएफको सुरुवात स्थगित गरिएको घोषणा गरे। “म बोर्डलाई तत्काल बैठक बोलाउन र मस्कसँग उनको राजनीतिक अभिप्राय प्रस्ट पार्न तथा त्यो टेस्लाका सीईओको रूपमा उनको पूर्णकालिक जिम्मेवारीसँग मेल खाने कि नमिल्ने भन्ने मूल्यांकन गर्न आग्रह गर्छु,” फिसब्याकले लेखेका छन्।

उनले मस्कले गत मे महिनामा ‘सरकारी कार्यक्षमता विभाग’ (डीओजीई) को नेतृत्वबाट पछि हट्ने बताएका कुराले टेस्लाको भविष्यमा लगानीकर्ताहरूको विश्वास घटाएको दावी गरे।

टेस्लाले यसबारेमा रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।

मस्कको यो घोषणा ट्रम्पले आफूले तयार गरेको “बिग ब्यूटिफुल” कर कटौती र खर्च विधेयकमा हस्ताक्षर गरेपछि आएको हो, जसको मस्कले कडा विरोध गरेका थिए।

अजोरियाले आफ्नो वेबसाइट अनुसार ‘अजोरिया ५०० मेरिटोक्रेसी ईटीएफ’ पनि सञ्चालन गर्दै आएको छ, जसले डाइभर्सिटी, इक्विटी र इन्क्लुजन (डीईआई) कार्यक्रम अन्तर्गत नियुक्ति लक्ष्य नतोकेको शीर्ष ५०० अमेरिकी कम्पनीहरूमा मात्र लगानी गर्छ।

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २३ असार २०८२, सोमबार