
काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जनालाई हिजो असार ७ गते पक्राऊ गरेको छ।
विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं ४ वालिफल स्थित दमकल चोकमा रहेको एउटा घर भाडामा लिई सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी गैर कानूनी रुपमा कल सेन्टर तथा मीटू नामक डेटिङ एप सञ्चालन गरिरहेको पाइएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्काले बताए।
उनीहरुले उक्त कार्यालयको शाखाको रुपमा जिल्ला काठमाण्डौ कामनपा १३ चागलमा एक घर भाडामा लिई सञ्चालन गरेको पनि पाइएको छ।
पक्राऊ पर्नेमा २७ वर्षीय चेन जियाहाओ, ४१ वर्षीय लिन डे, ३२ वर्षीय शु झेङ, ३० वर्षीय लिउ झेशुआन तथा ३३ वर्षीय शु लिङ्घु रहेका छन्।
चीनको ग्वाङडोङ घर भइ हाल ललितपुर महानगरपालिका पाटनमा बस्दै आएका उनीहरुको साथबाट प्रहरीले ७ थान ल्यापटप तथा ५४ थान मोबाइल तथा स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ पनि बरामद गरेको छ।
उनीहरुलाई विभिन्न नेपाली युवतीहरुलाई प्रलोभनमा पारि तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
५२ जना व्यक्तिहरु पक्राउ परेकोमा कारोबारमा संलग्न मुख्य ६ जना चिनियाँ नागरिकहरु उपर अभौतिक मुद्रा सम्बन्धी मुद्धा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको ब्यूरोको भनाई छ।
प्रकाशित: १८ असार २०८२, बुधबार