नेपालमा विद्युतीय चारपाङ्रे सवारी साधन कत्तिको खपत हुन्छ? जेठ मसान्तसम्म कति भित्रिए?

  • Technology Khabar | १२ असार २०८२, बिहीबार
नेपालमा विद्युतीय चारपाङ्रे सवारी साधन कत्तिको खपत हुन्छ? जेठ मसान्तसम्म कति भित्रिए?

काठमाडौं ।

जेठ मसान्तसम्ममा नेपालमा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको १३ हजार ४ सय ८३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ २०८२ सम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दशौं महिना चैतसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधन १३ हजार ४८३ तथा समग्र मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना वैशाखसम्म २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको ९ हजार ८५० थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा वैशाखबाट जेठसम्मको १ महिनामा ८ अर्ब ४४ करोड ५७ लाख ८८ हजार बराबरको ३ हजार ६३३ थान चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया, मलेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म २८२८ ४, ९८, ३९, ३३, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १८९६ ३, ३१, ५७, १६, ०००
कार, जीप र भ्यान इण्डोनेशिया ५० किलोवाटसम्म ७४,२२,०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म  ६०८६  १५, ४८, ३५, १९, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म  १२७६  २, ९६, ६९, ४६, ०००
कार, जीप र भ्यान द. कोरिया ५१ देखि १०० किलोवाटसम्म  १ ४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म १२४६ ४, २, ९८,७५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ३६ २५,१२, ४०, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म १२ ३, ८८, ३ ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द. कोरिया १०१ देखि २०० किलोवाटसम्म ३, ९०, १३, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान मलेसिया १०१ देखि २०० किलोवाटसम्म ५० १२, ५४, १२,०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म २, ०७, ८३, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ३२ १९, ३४, ३८०००
कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म५  ७, १३, ०९,०००
कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म  १ ४७, ९१, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार