बच्चाहरूले फोनमा हेर्ने सामग्री र बिताउने समय नियन्त्रण गर्न एप्पलको प्यारेन्टल कन्ट्रोलले मद्दत गर्ने

Technology Khabar १० असार २०८२, मंगलवार

काठमाडौं ।

एप्पलले आईओएस २६ र आईप्याडओएस २६ को नयाँ संस्करणमा सुधारिएको प्यारेन्टल कन्ट्रोल (अभिभावकीय नियन्त्रणहरू) प्रस्तुत गरेको छ।

यो सुविधाले आईफोन र आईप्याड डिभाइसहरूमा बालबालिकाको कन्टेन्ट (सामग्री), एपहरू, सञ्चार र सुरक्षा व्यवस्थापन गर्न सजिलो बनाउँछ।

साथै स्क्रिन टाइम जस्ता अवस्थित सुविधाहरूको अतिरिक्त, एप्पलले अब थप सुविधाहरू प्रस्तुत गर्दैछ जसले आमाबाबुलाई आफ्ना साना बच्चाहरूको लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न सघाउँछ।

यससँगै आफ्ना बच्चाको लागि पहिलो फोन वा ट्याब्लेट किन्न विचार गरिरहेका आभिभावकले अब “अलिकति राहत महसुस गर्न” सक्ने भएका छन्।

अभिभावकहरूले सबै टुल्सहरू प्रयोग गर्न सक्षम हुनको लागि, पहिलो चरणमा बच्चाको खाता सिर्जना गर्नु पर्नेछ। बच्चाको खाता सिर्जना गर्ने कार्य आमाबाबुको डिभाइस मार्फत, सिधै बच्चाको डिभाइसमा, वा भौतिक पहुँच बिना पनि पारिवारिक खाता सेटिङहरू मार्फत धेरै तरिकाले गर्न सकिनेछ।

स्क्रिन टाइम विकल्प मार्फत, आमाबाबुले डिभाइसमा बिताएको समय व्यवस्थापन गर्न, निश्चित एपहरूमा पहुँच सीमित गर्न, बच्चाहरूको फोनमा पहुँच कहिले समाप्त हुन्छ भनेर सेट गर्न र तिनीहरू कोसँग र कहिले कुराकानी गर्छन् भनेर नियन्त्रण गर्न सक्नेछन्।

अनुगमनलाई अझ बलियो बनाउने अन्य सुविधाहरूमा ब्लरिङ एक्सप्लिसिट इमेज (तस्बिरहरू धमिलो पार्ने), बच्चाले आफ्नो आँखाको धेरै नजिकबाट स्क्रिन हेर्दा नोटिफिकेसन मार्फत चेतावनी दिने, एपहरू, संगीत, खेलहरू, चलचित्रहरू र टिभी सामग्रीहरूको लागि उमेर–आधारित फिल्टरहरूका साथै सबैभन्दा उपयोगी, रियल–टाइम लोकेसन ट्र्याकिङ समावेश रहेका छन्।

आईओएस २६ मा के आउँछ?

अवस्थित कार्यक्षमताहरूका अतिरिक्त, एक्सप्लिसिट कन्टेन्ट र फेसटाइम कलहरू विरुद्ध बढाइएको सुरक्षा, पहिले नै प्रयोगमा रहेका एप्लिकेसनहरूको लागि अनुमतिहरू रद्द गर्ने क्षमता, सञ्चार र गोपनीयता व्यवस्थापन गर्न अझ सटीक सेटिङहरू जस्ता नयाँ प्रणालीहरूसँग उपलब्ध हुने थप सुरक्षा उपायहरूको पनि घोषणा गरिएको छ।

कुनै पनि प्रविधिले अभिभावकीय कुराकानी र पर्यवेक्षणलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने अवस्थामा यी टुल्सहरूले स्वस्थ स्क्रिन समय र डिजिटल सुरक्षा बानीहरू सिर्जना गर्न मद्दत पुर्याउन सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया