आईफोन १७ दुई नयाँ रङ्गमा आउने

  • Technology Khabar | ९ असार २०८२, सोमबार
आईफोन १७ दुई नयाँ रङ्गमा आउने

काठमाडौं ।

एप्पलले आन्तरिक रूपमा भेनिला आईफोन १७ को लागि पर्पल र ग्रिन (हरियो) गरी दुई नयाँ रङ्गहरू परीक्षण गरिरहेको नयाँ रिपोर्टले खुलासा गरेको छ। एप्पलले दुई रङ्गहरूको बारेमा विचार गरिरहेको भएतापनि, केवल एउटाले मात्र बजारमा आगमन गर्ने रिपोर्टले दाबी गरेको छ।

हाल, पर्पल अग्रणीरुपमा कम्पनीको रोजाइमा रहेको बताइएको छ। त्यसैगरी, कम्पनीले आईफोन १७ प्रोको लागि स्काई ब्लू रङ्गको बारेमा पनि विचार गरिरहेको उल्लेख गरिएको छ।

आईफोन रङ्गहरूले सामान्यतया धेरै चर्चा उत्पन्न गरेपनि, डिस्प्ले अपग्रेडको बारेमा देखा परेका समाचारहरूले अझ धेरै चर्चा उत्पन्न गरिरहको उल्लेख गरिएको छ।

यस महिनाको सुरुमा, आएको एक रिपोर्टले आईफोन १७ र १७ एयर (आईफोन प्लस मोडेललाई प्रतिस्थापन गर्ने सम्भावना) मा १२० हर्ज डिस्प्लेहरू हुने अनुमान गरेको छ।

यद्यपि, तिनीहरूले प्रो–मोशन सुविधाहरू समावेश नगर्ने बताइएको छ जुन प्रो डुओको लागि मात्र विशेष रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...