अटो टेक

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात
सांकेतिक फाइल तस्बिर
Global IME Bank

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात भएका छन्।

वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताउनुभयो । “यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,” उनले भने “विद्युतीय सवारीसाधनको आयात पनि औषतमा सन्तोषजनक नै छ।”

चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ लाख मूल्यका १९३ ओटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । त्यस्तै गरी सोही अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका १३ करोड ४२ लाख मूल्य पर्ने ५० ओटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ।

त्यस्तै १०० एक किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ७५ लाख मूल्यका ३६ ओटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४० करोड ७८ लाख मूल्य पर्ने एक हजार ७०० एक वटा विद्युतीय मोटरसाइकल आयात भएको छ। रासस

Sajilo Visa
easy care