सामसङ ग्यालेक्सी जेड फोल्ड ७ को आधिकारिक रेन्डरहरू देखा परे

  • Technology Khabar | ७ असार २०८२, शनिबार
सामसङ ग्यालेक्सी जेड फोल्ड ७ को आधिकारिक रेन्डरहरू देखा परे

काठमाडौं ।

सामसङको आगामी ग्यालेक्सी जेड फोल्ड ७ को नयाँ रेन्डर देखा परेको छ। अनलिक्स र एन्ड्रोइड हेडलाइन्समार्फत सार्वजनिक भएका तस्बिरहरूले फोल्डेबल कति पातलो छ भनेर खुलासा गरेको छन्।

ग्यालेक्सी जेड फोल्ड ७ ले सामसङको स्थापित डिजाइन भाषालाई पछ्याएको उल्लेख छ। यस पटक डिभाइसको स्लिमनेस (पातलोपन)मा फोकस गरिएको बताइएको छ।

फोल्ड ६ बन्द गर्दा यसको मापन १२.१ एमएम हुने बताइएको छ। यद्यपि, यी नयाँ रेन्डरहरूमा फोल्ड ७ उल्लेखनीय रूपमा पातलो देखिएको जनाइएको छ। त्यसैगरी तस्बिरहरूबाट मात्र संख्याहरू पिन गर्न गाह्रो हुने थप उल्लेख गरिएको छ। तर पहिलेका रिपोर्टहरूले डिभाइस अनफोल्ड गर्दा ४ एमएम र फोल्ड गर्दा ८.२ एमएम मोटाई रहेको खुलासा गरेका छन्।

ग्यालेक्सी जेड फोल्ड ७ मा नयाँ ब्लू भेरियन्ट उपलब्धः
डिभाइसको समग्र शरीर पातलो भए पनि, फोल्ड ७ मा उल्लेखनीय रूपमा फैलिएको क्यामरा मोड्युल समावेश गरिएको छ। यस डिभाइसमा ग्यालेक्सी जेड फोल्ड ६ स्पेसल एडिसन (विशेष संस्करण) मा देखिएको २०० मेगापिक्सेलको मुख्य सेन्सर हुने अपेक्षा गरिएको छ। साथै यसको तुलनामा, यसको आफ्नो पूर्ववर्तीमा ५० मेगापिक्सेलको सेन्सर रहेको छ।

त्यसैगरी डिभाइसको मुख्य लेन्समा १२ मेगापिक्सेलको अल्ट्रावाइड, १० मेगापिक्सेलको ३ह टेलिफोटो र भित्र ४ मेगापिक्सेलको अण्डर–डिस्प्ले सेल्फी क्यामराले रहने उल्लेख गरिएको छ। बाहिरी सेल्फी क्यामरा भने १० मेगापिक्सेलको हुने रिपोर्ट गरिएको छ।

रङ्गको हिसाबले, सामसङ आफ्नो सामान्य ग्रेस्केल प्यालेटबाट टाढा जान तयार भएको देखिएको छ। स्ट्याण्डर्ड ब्ल्याक (मानक कालो) मोडेलको साथसाथै, त्यहाँ एक नयाँ “ब्लू स्याडो” भेरियन्ट पनि आउने उल्लेख गरिएको छ। नयाँ “ब्लू स्याडो” भेरियन्टमा मेटालिक स्याचुरेटेड् फिनिश रहेको बताइएको छ जुन हालसालै यस श्रेणीमा सामसङले प्रस्ताव गरेको भन्दा बढी आकर्षक भएको जनाइएको छ। अन्य रङ्गहरू बारेमा भने केहि पनि पुष्टि गरिएको छैन।

सामसङले जुलाई ९ तारिखमा न्यूयोर्कमा हुने आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फ्लिप ७ र अर्को ग्यालेक्सी वाच लाइनअपसँगै फोल्ड ७ अनावरण गर्ने अपेक्षा गरिएको छ।

भिभो र अनरले पनि जुन महिनाको अन्त्य र जुलाईको सुरुमा आ–आफ्नो फोल्डेबल लन्चको घोषणा गरेका छन्। त्यसैले सामसङको प्रवेश चिनियाँ प्रस्तावहरूसँग मेल खान सक्छ कि सक्दैन र यसको विपरीत पनि हुन सक्छ कि सक्दैन भनेर हेर्न रोचक हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ७ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...