सामसङको अर्को अनप्याक्ड कार्यक्रमको सही मिति र समय लीक

Technology Khabar ५ असार २०८२, बिहीबार

काठमाडौं ।

सामसङको आगामी अनप्याक्ड कार्यक्रम जुलाई ९ तारिखमा कोरियन समयअनुसार राति ११ बजे तथा नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुन गइरहेको प्रख्यात लीकर इभान ब्लासले खुलासा गरेका छन्।

लीकमा प्रयोग भएको समय क्षेत्रले उक्त कार्यक्रम न्यूयोर्क शहरमा हुने दाबी छ। तर यस बारे कम्पनीले उल्लेख गरेको छैन।

यो कार्यक्रम सुरुमा जुलाई महिनाको सुरुवातमा र त्यसपछि जुलाई महिनाको मध्यमा हुने चर्चा गरिएको थियो। गत वर्ष सामसङको ग्रीष्मकालीन कार्यक्रम जुलाई १० तारिखमा आयोजना गरिएको थियो।

यस वर्षको जुलाई अनप्याक्डमा, सामसङले ग्यालेक्सी जेड फोल्ड७, ग्यालेक्सी जेड फ्लिप७, ग्यालेक्सी वाच८, वाच८ क्लासिक र ग्यालेक्सी वाच अल्ट्रा (२०२५)का साथै सायद ग्यालेक्सी जेड फ्लिप७ एफई पनि प्रस्तुत गर्ने अनुमान छ। यसलाई अनप्याक्ड इभेन्ट भनिए पनि यो कार्यक्रम निश्चितरूपमा नयाँ उत्पादनहरूले भरिपूर्ण हुने उल्लेख छ।

यसबाहेक कम्पनीको पहिलो एक्सआर हेडसेटको अर्को झलक प्राप्त गर्ने अपेक्षा पनि गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया