दिपलले ल्यायो ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

  • Technology Khabar | ४ असार २०८२, बुधबार
दिपलले ल्यायो ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

काठमाडौं ।

दिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ। यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम इभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन।

कम्पनीका अनुसार यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ।

ग्राहकले ६ महिनाको मासिक किस्ता निशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निशुल्क अटो प्लस इन्स्योरेन्स, निशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२/८३ सालको निशुल्क सडक कर पनि पाउनेछन्।

यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरुममा उपलब्ध हुनेछ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दिपल बिक्री भइसकेको दावी गर्दै जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडी लगायत १० भन्दा बढी इन्डस्ट्रि फर्स्ट फिचरहरु रहेकाले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी इभी बनाएको बताएको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ४ असार २०८२, बुधबार