यस्ता छन् युरोपेली देशहरूमा सन् २०२४ मा सबैभन्दा धेरै इन्स्टल गरिएका एपहरू

Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

सन् २०२४ मा युरोपेली देशहरूमा कुन एप सबैभन्दा धेरै पटक इन्स्टल गरिएको छ भनेर देखाउने म्याप्स इन्टरल्युडले युरोपको नक्सा प्रकाशित गरेको छ।

सबैभन्दा लोकप्रिय एपहरूको रुपमा तीनवटा एपहरू हावी भएको र तीमध्ये टेमु सबैभन्दा लोकप्रिय भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

टेमु बाहेक, जर्मनी, फ्रान्स, स्पेन, बेलायत र अन्य युरोपेली देशहरूको नक्सामा च्याटजीपीटीले प्रभुत्व जमाएको उल्लेख छ। साथै च्याटजीपीट विशेष गरी मध्य र दक्षिणपूर्वी युरोपमा लोकप्रिय भएको बताइएको छ।

सन् २०२४ मा, च्याटजीपीटी क्रोएसिया, स्लोभेनिया, हंगेरी, रोमानिया, अस्ट्रिया र स्विट्जरल्याण्डमा सबैभन्दा लोकप्रिय एप बनेको उल्लेख छ।

त्यसका साथै टिकटक पनि धेरै देशहरूमा सबैभन्दा लोकप्रिय एप बन्न सफल भएको उल्लेख गरिएको छ। सर्ट भिडियो सेयरिङ गर्ने चिनियाँ प्लेटफर्म विशेष गरी इटाली र मोन्टेनेग्रोका नागरिकहरूको रोजाइमा परेको बताइएको छ।

त्यसैगरी सबैभन्दा बढी ध्यान आकर्षित गर्ने एप बुल्गेरियाली नागरिकहरूको सबैभन्दा लोकप्रिय रोजाइसँग सम्बन्धित रहेको छ।

सन् २०२४ मा, बुल्गेरियाली नागरिकहरूले कुनै एक समय संसारको सबैभन्दा लोकप्रिय भिडियो गेम ‘टेट्रिस’ सबैभन्दा धेरै इन्स्टल (स्थापना) गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया