Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।
प्रयोगकर्ताको सङ्ख्या बढेसँगै तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दशौं महिना अर्थात् २०८२ वैशाखसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान संख्या ३१ लाख ३२ हजार ३५० पुगेको छ। यो आँकडा अघिल्लो महिना अर्थात् चैत मसान्तसम्म ३१ लाख ३० हजार ६५५ थियो। यस हिसाबले एक महिनामा १ हजार ६९५ नयाँ जडान भएको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। वैशाखमा पनि यो साख यथावत नै छ। वैशाख मसान्तसम्म वर्ल्डलिंकका ग्राहक १० लाख ३ हजार ६४३ छन्।
यी हुन् २०८२ वैशाख महिनासम्मका नेपालका टप १० आईएसपी:-
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८१ चैत मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ३ हजार ९४९ छ। जसमध्ये वायरलेस कनेक्सन ३०४, केवल कनेक्सन २ तथा फाइबर कनेक्सन १० लाख ३ हजार ६४३ छ। १० लाखभन्दा माथि ग्राहकसहित यो कम्पनीले नेपालको शीर्ष कम्पनीको रुपमा निरन्तरता पाएको छ।
२. डिस मिडिया नेटवर्क
डिस मिडिया नेटवर्क ३ लाख ५० हजार ४०६ इन्टरनेट जडान संख्या सहित दोस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन मात्र रहेको छ।
३. सुबिसु केबलनेट प्रालि
सुबिसु केबलनेट प्रालि ३ लाख १० हजार २९४ जडान संख्या सहित तेस्रो स्थानमा छ। जसमध्ये सबै फाइबर कनेक्सन रहेको छ। यो सङ्ख्यासहित सुबिसुले समग्र बजार हिस्साको ९.९९ प्रतिशत ओगटेको छ।
४. भायानेट कम्युनिकेशन प्रालि
चौथो नम्बरमा रहेको भायानेट कम्युनिकेशन प्रालिको चैतको इन्टरनेट जडान संख्या २ लाख ४५ हजार ९४५ छ। यसले बजारको समग्र हिस्साको ७.८५ प्रतिशत ओगटेको छ।
५. क्लासिक टेक प्रालि
क्लासिक टेक प्रालिको इन्टरनेट जडान संख्या १ लाख ८२ हजार ९८६ छ। यसमध्ये ६९९ वायरलेस तथा १ लाख ८२ हजार २८७ फाइबर कनेक्सन रहेको छ। यसले ५.८४ बजार हिस्सा ओगटेको छ।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
उत्कृष्ट १० को पाँचौं नम्बरमा परेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालीको इन्टरनेट जडान संख्या १ लाख ७६ हजार ६९ छ। यसमध्ये १ लाख ७५ हजार ६४७ फाइबर कनेक्सन छ। ४२२ वायरलेसका ग्राहक रहेका छन्। यसले समग्रमा ५.६२ बजार हिस्सा ओगटेको छ।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि
सूचीको सातौं नम्बरमा रहेको टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या ८५ हजार ८९१ छ। यसमध्ये वायरलेस कनेक्सन ६६६ तथा फाइबर कनेक्सन ८५ हजार २२५ छ। वेबसर्फरले समग्र बजारको २.७४ प्रतिशत हिस्सा ओगटेको छ।
८. सिजी कम्युनिकेसन प्रालि
चितवनमा मुख्य कार्यालय रहेको सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८० हजार ८५४ छ। यीमध्ये सबै फाइबर कनेक्सन हो। यो कम्पनीले बजारको २.५८ प्रतिशत हिस्सा ओगटेको छ।
९. वाइफाइ नेपाल प्रालि
उत्कृष्ट १० को नवौँ नम्बरमा परेको वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या ७४ हजार २९ छ। यसमध्ये सबै फाइबरका ग्राहक छन्। यसले २.३६ प्रतिशत बजार हिस्सा ओगटेको छ।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
उत्कृष्ट १० को सूचीमा अन्तिम नम्बरमा पर्न सफल ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५५ हजार २२७ छ। यसमा ५५ हजार १५४ फाइबरमार्फत् सेवा लिने ग्राहकहरु छन् भने बाँकी ७३ वायरलेसका ग्राहक छन्। यसले बजारको १.७६ प्रतिशत हिस्सा ओगटेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार