Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
ह्वावेले जुन ११ तारिखमा आफ्नो फ्ल्यागशिप पुरा ८० सिरिज लन्च गर्ने तयारी गरिरहेको छ। ह्वावेले यस फ्ल्यागशिप पुरा ८० सिरिजलाई क्यामरा पावरहाउसको रूपमा टिज गर्दै आएको छ। यसै क्रममा प्रख्यात लीकर डिजिटल च्याट स्टेशनले प्रो र प्रो+ (प्लस) मोडेलहरूको बिल्ड (निर्माण) र डिजाइनको बारेमा केही रोचक जानकारीहरुको खुलासा गरेको छ।
पुरा ८० प्रो+ (प्लस) मा कर्भड् मेटल मिडल फ्रेमसँग पेयर्ड गरिएको थोरै कर्भड् डिस्प्ले हुने डिजिटल च्याट स्टेशन (डीसीएस) ले खुलासा गरेको छ। यो डिजाइनले पूर्ण रूपमा फ्ल्याट डिस्प्ले र फ्रेम प्रयोग गर्ने प्रतिद्वन्द्वीहरूको तुलनामा बढी आरामदायी ग्रिप प्रदान गर्ने दाबी गरिएको छ।
डिस्प्लेको केन्द्रमा सिङ्गल पञ्च–होल सेल्फी क्यामरा समावेश गरिएको छ। तसर्थ ह्वावेले अर्को वर्षको लागि आफ्नो फेन्सी थ्रीडी फेसियल रिकग्निसन टेक्नोलोजी त्याग्ने सम्भावनाको उल्लेख गरिएको छ। साथै पुरा ८० प्रो ले पनि समान डिस्प्ले समावेश गर्न सक्ने बताइएको छ भने अल्ट्राले मात्र स्लिक ट्यान्डम ओएलईडी प्यानल पाउने हल्ला रहेको छ।
क्यामराहरूको सन्दर्भमा टिपस्टर डिजिटल च्याट स्टेशनले प्रो र प्रो+ (प्लस) दुवैले ह्वावेको नयाँ १ इन्च ५० मेगापिक्सेल मुख्य सेन्सरलाई २४ एमएम भेरिएबल एपर्चर लेन्ससँग पेयर्ड गरिएको उल्लेख छ जुन पुरा ७० प्रो+ (प्लस) मा रहेको २५ एमएम भन्दा एक कदम माथिल्लो तहको भएको बताइएको छ। साथै, पेरिस्कोप जुम लेन्स अब ९३ एमएमको सट्टा ८९ एमएममा प्रायो गरिएको बताइएको छ।
त्यसैगरी रोचक कुरा के छ भने, यो पुरा ७० प्रो र पुरा ७० प्रो+ (प्लस) मा रहेको ३.५ह को तुलनामा ३.७ह अप्टिकल जुमको बराबर भएको भनिएको छ। ब्रान्डले पहिले नै २ह (४८ एमएम) र ३.७ह (८९ एमएम) टेलिफोटो सेटअप तर्फ संकेत गरिसकेको छ र सिरिजलाई ५० मेगापिक्सेल १÷१.२८–इन्च सेन्सरले सुसज्जित गर्ने अफवाह रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार