
काठमाडौं ।
बिग मार्ट सुपर मार्केटले आज आफ्नो मोबाइल एप जारी गरेको छ। ‘बिग मार्ट एप लञ्च एण्ड ब्राण्ड एम्बेसडर रिभिल’ कार्यक्रममार्फत कम्पनीले आफ्नो मोबाइल एपको आधिकारिकरूपमा घोषणा गरेको हो।
चिफ टेक्निकल अफिसर अशोक कर्णले २२ लाख ग्राहकहरुलाई बिग मार्टले सेवा प्रदान गरिरहेको उल्लेख गर्दै आधिकारिक रुपमा बिग मार्ट एपको घोषणा गरे।
बिग मार्टले काठमाण्डौँ, पोखरा र चितवन गरी १२२ भन्दा बढि आउटलेटहरुमार्फत १७,००० भन्दा धेरै लाई रोजगार प्रदान गरिरहेको जनाएको छ।
“हाम्रो भिजन भनेको हामी नेपालभर हरेक छिमेकमा ग्राहकहरुका लागि उपस्थित हुन चहान्छौँ। त्यसैका लागि हामीले यो एप ल्याएका हौँ जसले धेरै भन्दा धेरै ग्राहहरुमाझ पुग्नका लागि हामीलाई मद्दत गर्ने विश्वास लिएका छौँ” सीईओ तथा म्यानेजिङ डिरेक्टर साश्वत ढकालले बताए।
ग्रोसरी सपिङलाई थप सहज बनाउका लागि यो एप प्रस्तुत गरिएको उनले थप बताए।
त्यसैगरी बिग मार्टका जनरल म्यानेजर अरुण बस्नेतले यो एप ग्राहकहरुलाई लक्षित गर्दै उनीहरुको सपिङ्गलाई सजिलो बनाउनका लागि निर्माण गरिएको बताए।
एपले स्टोर (पसल) को लोकेसन देखाउनुका साथै ग्राहकहरुसँग कनेक्ट गर्न मद्दत गर्ने बस्नेतको दाबी छ। प्रविधिको प्रयोग गर्दै बिग मार्टका ग्राहकहरुको जीवन सहज बनाउनका लागि यो एपले महत्तपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेको छ।
त्यसका साथै, अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आयुष्मान जोशी र उनीहरूकी छोरी आयाङ्का कार्की जोशीलाई कम्पनीको एम्बेसडरको रुपमा घोषणा गरिएको छ।
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार