एनपीनोग–११ कार्यशाला तथा सम्मेलन काठमाडौँमा आयोजना हुने

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
एनपीनोग–११ कार्यशाला तथा सम्मेलन काठमाडौँमा आयोजना हुने
फाइल तस्बिर।

काठमाडौं ।

नेपाल नेटवर्क अपरेटर ग्रुप (npNOG) ले इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) सँगको सहकार्यमा एनपीनोग–११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ। यो पोखरामा सफलतापूर्वक सम्पन्न एनपीनोग–१० (npNOG-10) पछि अर्को सिरिजको कार्यक्रम हो।

उक्त कार्यक्रम २०८२ असार १ गतेदेखि ६ गतेसम्म काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरिने जानकारी दिएको छ।

कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने बताईएको छ।

यस कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ।

आयोजककाअनुसार असार १ देखि ४ गतेसम्म कार्यशाला हुनेछ भने ट्युटोरियल असार ५ गते हुनेछ। यसैगरी सम्मेलन असार ६ गते आयोजना हुने तालिका रहेको छ।

संस्थाकाअनुसार सम्पूर्ण कार्यक्रममा सहभागी हुने नेपालीका लागि दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ भने कार्यशाला मात्र सहभागी हुनेलाई १७ हजार रुपैयाँ ट्युटोरियल मात्रका लागि ३ हजार रुपैयाँ र सम्मेलन मात्रका लागि रु. ५,००० तोकिएको छ।

अन्तर्राष्ट्रिय सहभागीहरुका लागि २०० अमेरिकी डलर शुल्क राखिएको छ।

महिला सहभागीका लागि सोही मितिसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...