युरोपमा पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनहरूको सूचीमा एप्पल र सामसङको वर्चस्व

  • Technology Khabar | २१ जेष्ठ २०८२, बुधबार
युरोपमा पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनहरूको सूचीमा एप्पल र सामसङको वर्चस्व

काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ढुवानीको पहिलो त्रैमासिक र्याङ्ककिङ्ग जस्तै युरोपमा पनि एप्पल र सामसङको नेतृत्व कायम रहेको छ। दुई ओईएम (ओरिजिनल इक्विपमेन्ट मानुफ्याक्चरर) कम्पनीहरूले पाँच–पाँचवटा डिभाइसहरू साझा गरेका छन् जसमा एप्पलले आफ्नो आईफोन १६ सिरिजको साथ शीर्ष तीन स्थान ओगटेको काउन्टरपोइन्ट रिसर्चको पछिल्लो रिपोर्टले उल्लेख गरेको छ।

आईफोन १६ प्रो यस क्षेत्रमा सबैभन्दा धेरै बिक्री हुने डिभाइस बन्न सफल भएको र यस अवधिको लागि डिभाइसले सबै स्मार्टफोन बिक्रीको ६ प्रतीशत कमाएको उल्लेख गरिएको छ। त्यसैगरी आईफोन १६ प्रोलाई १६ प्रो म्याक्स र भेनिला आईफोन १६ ले नजिकबाट पछ्याएको बताइएको छ भने प्रत्येक डिभाइसले ५ प्रतीशत हिस्सा ओगटेको उल्लेख गरिएको छ।

सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा र ग्यालेक्सी एस२५ ३ प्रतीशत हिस्साका साथ चौथो र पाँचौं स्थानमा आएका छन्। त्यसपछि २ प्रतीशत हिस्साको साथ गत वर्षको ग्यालेक्सी एस२४ रहेको उल्लेख गरिएको छ। त्यसैगरी थप दुई सामसङ फोनहरू ग्यालेक्सी ए५५ र ए१६ फाइभजी दुवैले यस अवधिको लागि कुल बिक्रीको २ प्रतीशत कमाइ गरेको रिपोर्टले उल्लेख गरेको छ।

सूचीमा ठूलो न्यूकमरको रुपमा आईफोन १६ई आएको बताइएको छ, जुन फेब्रुअरीको अन्त्यमा घोषणा पछि बजार उपलब्धताको पहिलो पूर्ण महिनामा शीर्ष दसमा प्रवेश गरेको थियो।

काउन्टरपोइन्टले १६ईको प्रारम्भिक बिक्री वास्तवमा आईफोन एसई (२०२०) र एसई (२०२२) मोडेलहरू भन्दा पछाडि परेको औंल्याएको छ। युरोपमा १६ईको उच्च सुरुवाती मूल्य ६९९ यूरो रहेको छ भने एसई (२०२२) को लागि ५१९ यूरो र एसई (२०२०) को लागि ४७९ यूरो कायम गरिएको थियो। यसका साथै एप्पलले अझै पनि गत वर्षको आईफोन १५ उपलब्ध गरिरहेको छ जुन पहिलो त्रैमासिकको लागि दशौं सबैभन्दा धेरै बिक्री हुने फोन बनेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार