
काठमाडौं ।
जर्मन कम्पनीहरूले एआई गिगाफ्याक्ट्री निर्माण गर्न युरोपेली आयोग (ईयू)मा आफ्नो तर्फबाट टेन्डरको लागि प्रस्ताव प्रस्तुत गर्ने भएकाछन्।
जर्मनीका कम्पनीहरू एसएपी, डोयच टेलिकोम, आयोनोस, स्वार्ज ग्रुप र साइमेन्सले ठूलो कृत्रिम बुद्धिमत्ता (एआई) “गिगाफ्याक्ट्री” निर्माण गर्ने योजना बनाएका छन्।
कम्पनीहरूले एआई अनुप्रयोगहरूको लागि डाटा सेन्टर निर्माण गर्न युरोपेली संघबाट कोष प्राप्त गर्न संयुक्त बोली प्रस्तुत गर्न वार्ता गरिरहेका हान्डेल्ब्लास्टले रिपोर्ट गरेको छ।
युरोपेली आयोगले यस वर्ष अमेरिका र चीनलाई पछ्याउन एआई डाटा सेन्टरहरू निर्माण गर्न २० अर्ब डलरको कोष उपलब्ध गराउने योजनाको अनावरण गरेको छ।
ब्लकलाई आफ्नै एआई मोडेलहरू सिर्जना गर्न सक्षम बनाउने उद्देश्यले ईयूको यस परियोजनाले चिप्स प्राप्त गर्नेदेखि उपयुक्त साइटहरू र बिजुली खोज्ने जस्ता चुनौतीहरूको सामना गर्ने अनुमान गरिएको छ।
प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार