ताजा समाचार

कोशी प्रदेशभित्र पोल प्रयोग गरिरहेका केबल टीभी अपरेटर र आईएसपीहरुलाई भाडा बुझाउन नेपाल टेलिकमको अल्टिमेटम

कोशी प्रदेशभित्र पोल प्रयोग गरिरहेका केबल टीभी अपरेटर र आईएसपीहरुलाई भाडा बुझाउन नेपाल टेलिकमको अल्टिमेटम
फाइल
Global IME Bank

नेपाल टेलिकमले कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गरिरहेका सम्पूर्ण केबल टीभी सञ्चालक तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुलाई ०८१/८२ सम्मको पोलभाडा बापतको रकम बुझाउन नेपाल टेलिकमले असार १५ गतेसम्मको अल्टिमेटम दिएको छ।

कम्पनीको प्रादेशिक निर्देशनालय विराटनगरले आज एक सूचना प्रकाशित गरी यस्तो अल्टिमेटम दिएको हो। सूचनामा ती सेवा प्रदायकहरुलाई पोल प्रयोग गर्नेसम्बन्धी सम्झौता तथा नवीकरण गरी पोलभाडा बापतको रकम अनिवार्य रुपमा बुझाउन सूचित गरेको हो।

‘कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गरिरहनुभएका सम्पूर्ण केबल टीभी अपरेटर र आईएसपीहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता तथा नवीकरण कार्य गरी अनिवार्य रूपमा आ.व. ०८१/८२ सम्मको पोलभाडा बापतको रकम मिति २०८२/०३/१५ गतेभित्र यस कम्पनीको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भुक्तानी गर्नुहुन अनुरोध छ।’

सम्झौता/नवीकरण नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरूको केबलहरू कम्पनीले आगामी असार १६ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि सेवा प्रदायक स्वयं नै जिम्मेवार हुने व्यहोरा समेत कम्पनीले जानकारी गराएको छ।

Sajilo Visa
easy care