
काठमाडौं ।
संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिअर अर्थ मेटलको संभाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।
अन्तराष्ट्रियस्तरका सक्षम लगानीकर्ताहरु छनोट गरि रिअर अर्थ मेटलको संभाव्यता अध्ययन गर्ने बताएका हुन्।
उनले भौगर्विक अध्ययन भई पत्ता लागेका खानीको इन्भेन्ट्री तयार गरिने बताएका छन्। यसैगरी उत्खननका लागि अन्तराष्ट्रिय सम्मेलन गरिने उल्लेख गरे।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार