एप्पलले नयाँ स्मार्ट होम प्रोडक्टहरू लन्च गर्ने तयारी गर्दै

  • Technology Khabar | १३ जेष्ठ २०८२, मंगलवार
एप्पलले नयाँ स्मार्ट होम प्रोडक्टहरू लन्च गर्ने तयारी गर्दै

काठमाडौं ।

पछिल्ला केही वर्षहरूमा, एप्पलले अटोमोटिभ उद्योग सहित आफ्ना परम्परागत बजारहरू भन्दा बाहिरका बजारहरूमा प्रवेश गर्ने प्रयास गरिरहेको छ। यसै क्रममा, एप्पलले स्मार्ट होम बजारमा पनि नजर राखिरहेको मार्क गर्मनको पछिल्लो रिपोर्टले खुलासा गरेको छ।

विगतमा, एप्पलले होमपड र होमपड मिनीको साथ आफ्नो पाइला चालेको भए तापनि यसमा कम्पनीले आशा गरे जस्तो सफलता प्राप्त गरेको थिएन। एप्पलले अब सन् २०२५ को उत्तरार्ध र सन् २०२६ को सुरुमा रिलिज हुने धेरै नयाँ स्मार्ट होम प्रोडक्ट (उत्पादन) हरूका साथ यस बजारमा दोस्रो पटक प्रयास गर्न खोजि रहेको जस्तो देखिन आएको उल्लेख गरिएको छ।

ती नयाँ स्मार्ट होम प्रोडक्टहरू मध्ये एक रोबोटिक आर्मसहितको आईप्याड जस्तो डिभाइस भएको उल्लेख गरिएको छ। यो फ्युचरस्टिक डिभाइस जस्तो सुनिने भए तापनि रिपोर्टले डिभाइसको उद्देश्य के हुनेछ भनेर विवरण उपलब्ध नगराएको उल्लेख गरिएको छ।

त्यसैगरी, कम्पनीले रोबोटिक आर्म बिनाको लोअर–इण्ड मोडेल तयार गरिरहेको बताइएको छ। यसको कोडनेम जे४९० रहेको र चाँडै लन्च हुने भनिएको भए तापनि एप्पलले सिरीसँग सम्बन्धित केही समस्याहरू समाधान गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...