चेरी वर्ल्ड कम्युनिकेशन कम्पनीको अनुमतिपत्र खारेज

Technology Khabar १३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेशन प्रा. लि., रविभवन, काठमाडौंको अनुमतिपत्र खारेज गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाटचेरी वर्ल्ड कम्युनिकेशन प्रा.लि. , रविभवन, काठमाडौंलाई मिति २०६७।०१।२९ मा प्रदान गरिएको इन्टर्नेट (इमेल सहित) सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. फि.ज. १-६२ ) नवीकरणका नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८२/०१/२९ देखि स्वतः खारेज भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका | लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया