Technology Khabar १२ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ।
यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ।
जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा विद्युतीय सवारी साधन (ईभी) विकासको सुरुवाती कदम पनि हो।
अब, यस्तो उच्च स्थानसम्म सीसीएस२ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्ने कम्पनीले जनाएको छ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ, जसले सहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँहरूमा पनि ईभी प्रयोगकर्ताहरूका लागि भरपर्दो सेवा सुनिश्चित गर्नेछ।
कम्पनीको दावी अनुसार यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ। जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरू मध्ये एक हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ।
पर्यावरणप्रेमी यात्रुहरूका लागि वातावरणमैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो।
समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउनेछ। साथै, एमएडब्लू वृद्धि स्पीड चार्जर्सको जहाँसुकै, जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने छ।
चार्जिङ स्टेसनको स्थान वा नेटवर्कसँग सम्बन्धित सूचनाहरू https://mawevcharging.com/ मा उपलब्ध रहेको बताइएको छ।
नेपालको पहिलो विद्युतीय सवारी साधन (ईभी) चार्जिङ नेटवर्कको रूपमा एमएडब्लू स्पीड चार्जर्सले दिगो मोबिलिटीतर्फ परिवर्तनको नेतृत्व गरिरहेको छ।
कम्पनीको दृष्टिकोण ईभी चार्जिङलाई पहुँचयोग्य, भरपर्दो र भविष्यको लागि तयार बनाउनु रहेको बताइएको छ। नेपालभरि स्मार्ट चार्जिङ पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता अनुरूप घर, व्यवसाय र सार्वजनिक स्थानहरूलाई सुविधाजनक र भरपर्दो ईभी चार्जिङ सोलुसन्स सिर्जना गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ।
ईनोभेसनमा आधारित र स्वच्छ ऊर्जाद्वारा सञ्चालित एमएडब्लु स्पीड चार्जर्सले नेपालको ग्रीन ट्रान्जिसनलाई समर्थन गर्नेछ।
प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार