दश महिनामा २६ करोड रुपैयाँ भन्दा धेरै मूल्यका स्मार्टवाच नेपाल भित्रियो

  • Technology Khabar | १२ जेष्ठ २०८२, सोमबार
दश महिनामा २६ करोड रुपैयाँ भन्दा धेरै मूल्यका स्मार्टवाच नेपाल भित्रियो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको दशौं महिना २०८२ वैशाखसम्म २६ करोड २९ लाख ४५ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २५ करोड २९ लाख ४५ हजार बराबरको १ लाख ५५ हजार ११२ थान स्मार्ट वाच आयात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्ममा नेपालमा २५ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख ५५ हजार ११२ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख ३४ हजार १६९ थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १९ करोड १८ लाख ४१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ३ करोड ३६ लाख २६ हजार बराबरको १९ हजार ३३६ थान र भियतनामबाट ३ करोड ५० लाख ८९ हजार बराबरको १ हजार २ सय थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं सं देश विवरण रकम (हजारमा)
चीन १३४१६९ १९१८४१
भारत १९३३६ ३३६२६
भियतनाम १२०० ३५०८७
जर्मनी ७९ १०९
यूएई ४४ ३१०
अमेरिका ४६ ३३०
कतार १७ १२
हङकङ ४६ ४०५
अस्ट्रेलिया २६ १९६
१० इजरायल १६ १२
११ भानुआटु १० १०
१२ कुवेत ५६ २०
१३ कोरिया ३१ ६४७

 

यसबाहेक थाइल्याण्डबाट ९४ हजारको ८ थान,  जापान, माल्दिभ्स, साउदी अरेबिया, उज्बेकिस्तान र सिंगापुरबाट क्रमश: ४४ हजार, १ हजार र ४६ हजार बराबरका समान ३-३ थान स्मार्टफोन आएको छ।

यस्तै बेलायत, स्विजरल्याण्ड, श्रीलंका, नर्वे तथा मलेसियाबाट क्रमश: २ हजार, १ लाख २ हजार, ३-३ हजार बराबरको समान २-२ थानका साथै  र बेल्जियम तथा नाम नखुलेको एक क्षेत्रबाट समान १-१ थान स्मार्ट वाच आयात भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार