वैशाख मसान्तसम्म २३ अर्बमाथिको विद्युतीय सवारी आयात

Technology Khabar १० जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

२०८२ वैशाख मसान्तसम्ममा नेपालमा २३ अर्ब ९ करोड रुपैयाँ हाराहारीको ९ हजार ८ सय ५० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख २०८२ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दशौं महिना चैतसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना चैतसम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको ७ हजार ९५८ थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा चैत २०८१  बाट वैशाखसम्मको १ महिनामा ४ अर्ब ४८ करोड ३४ लाख ९२ हजार बराबरको १ हजार ८९२ चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१९००३, ४०, ७५, ३४, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१४६६२, ५६, ७२, २७, ०००
कार, जीप र भ्यानइण्डोनेशिया५० किलोवाटसम्म५५,७५,०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म ४५९७ ११, ७७, ००, २२, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म ९३६ २, ०९, ६७, ९३, ०००
कार, जीप र भ्यानद. कोरिया५१ देखि १०० किलोवाटसम्म १४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म८३४२, ३५, ०२,१५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म२६२,७२, ८५, ३१, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म१७, ८२, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानद. कोरिया१०१ देखि २०० किलोवाटसम्म२, ३५, १९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानमलेसिया१०१ देखि २०० किलोवाटसम्म५०१२, ५४, १२,०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म२, ०७, ८३, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म११ ७, ५७, ९८, ०००
कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म५ ५, ३३, ४२, ०००
कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म १४७, ९१, ०००

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

 

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया