वैशाख मसान्तसम्म २३ अर्बमाथिको विद्युतीय सवारी आयात

  • Technology Khabar | १० जेष्ठ २०८२, शनिबार
वैशाख मसान्तसम्म २३ अर्बमाथिको विद्युतीय सवारी आयात
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

२०८२ वैशाख मसान्तसम्ममा नेपालमा २३ अर्ब ९ करोड रुपैयाँ हाराहारीको ९ हजार ८ सय ५० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख २०८२ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को दशौं महिना चैतसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य २३ अर्ब ९ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना चैतसम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको ७ हजार ९५८ थान चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा चैत २०८१  बाट वैशाखसम्मको १ महिनामा ४ अर्ब ४८ करोड ३४ लाख ९२ हजार बराबरको १ हजार ८९२ चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १९०० ३, ४०, ७५, ३४, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १४६६ २, ५६, ७२, २७, ०००
कार, जीप र भ्यान इण्डोनेशिया ५० किलोवाटसम्म ५५,७५,०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म  ४५९७  ११, ७७, ००, २२, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म  ९३६  २, ०९, ६७, ९३, ०००
कार, जीप र भ्यान द. कोरिया ५१ देखि १०० किलोवाटसम्म  १ ४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ८३४ २, ३५, ०२,१५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म २६ २,७२, ८५, ३१, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म १७, ८२, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द. कोरिया १०१ देखि २०० किलोवाटसम्म २, ३५, १९, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान मलेसिया १०१ देखि २०० किलोवाटसम्म ५० १२, ५४, १२,०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म २, ०७, ८३, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ११  ७, ५७, ९८, ०००
कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म५  ५, ३३, ४२, ०००
कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म  १ ४७, ९१, ०००

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००

 

प्रकाशित: १० जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार