अनुमति नलिई सेवा सञ्चालन नगर्नू/नगराउनू: दूरसञ्चार प्राधिकरण

Technology Khabar ८ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकारभित्र पर्ने इमेलसहित इन्टरनेट सेवा प्रदान गर्नका लागि अनिवार्य रुपमा अनुमति लिनु पर्ने र अनुमति नलिई यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो।

‘नेपालका केही स्थानहरूमा विभिन्न व्यक्ति/ संस्थाहरूले यस प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको गुनासो प्राप्त हुन आएको र उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ विपरितको कार्य भएकोले यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ, सूचनामा उल्लेख छ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरिरहेको र प्रयोग भइरहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनीसमेत उल्लेख गरेको छ।

प्रकाशित: ८ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया