Technology Khabar ६ जेष्ठ २०८२, मंगलवार
काठमाडौं ।
एक दशकभन्दा बढी समयदेखि एप्पल आईफोन प्रयोगकर्ताहरूले सिरी प्रयोग गर्दै आएका छन्। यसै क्रममा अब यसमा परिवर्तन हुन सक्ने सम्भावना रहेको खुलासा गरिएको छ।
एप्पलले प्रयोगकर्ताहरूलाई आफ्नो आईफोनको लागि च्याटजीपीटी, अमेजन एलेक्सा वा गुगल जेमिनी सहित अर्को भ्वाइस सहायक छनौट गर्न अनुमति दिन सक्ने ब्लूमबर्गका मार्क गर्मन र ड्रेक बेनेटले उल्लेख गरेका छन्।
प्रतिवेदनले एप्पल अझै पनि कृत्रिम बुद्धिमत्ताको व्यापक कार्यान्वयनसँग संघर्ष गरिरहेको कारणको बारेमा व्याख्या गरेको छ। प्रयोगकर्ता गोपनीयताप्रति एप्पलको प्रतिबद्धता एउटा कारण भएको बताइएको छ, जुन एलएलएम प्रशिक्षणको लागि प्रयोगकर्ता डाटा सङ्कलन र प्रयोग गर्ने एआईको क्षमताको लागि एक ठूलो सीमिता (बाधक) भएको उल्लेख गरिएको छ।
त्यसैगरी एप्पल इन्टेलिजेन्सको अवरोधित रोलआउट पनि अर्को कारण मध्ये एक भएको बताइएको छ जुन विश्वव्यापी रूपमा सबै आईफोन प्रयोगकर्ताहरूसम्म पुग्न महिनौं लागेको उल्लेख गरिएको छ।
यसबाहेक क्युपर्टिनोले वरिष्ठ कार्यकारीहरूको फेरबदल र टोलीहरूको पुनर्गठन देख्न सक्ने उल्लेख गरिएको छ। एप्पलले तेस्रो–पक्ष एआई असिस्टेण्टलाई अनुमति दिने विकल्पको खोजी गरिरहेको र जसमा च्याटजीपीटीको विशेष उल्लेख गरिएको बताइएको छ।
यसलाई प्रयोगकर्ताहरू र एआईमा उनीहरूको पहुँचको लागि एक संकेतको रूपमा उल्लेख गरिएको छ भने अमेरिकी कम्पनीले सम्भवतः प्रयोगकर्ताहरूमा केन्द्रित ईयू नियमहरूको बारेमा सोचिरहेको छ, जसको अर्थ एप्पल फोनहरूले मानिसहरूलाई नन्–एप्पल एआई सेवाहरू कानुनी रूपमा प्रयोग गर्न दिनुपर्ने हुन सक्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ६ जेष्ठ २०८२, मंगलवार