Technology Khabar १ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चार मन्त्री मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ।
उनीमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आज भ्रष्टाचारको मुद्दा दायर गरेसँगै उनको पद निलम्बन हुने भएको हो।
भ्रष्टाचार सम्बन्धी ऐनअनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो।
प्रतिनिधि सभा सदस्य बस्नेत सहित १६ जना विरुद्ध टेरामक्स (वा टेरामोक्स समेत भनिने) प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा यस सम्बन्धित व्यवस्था रहेको छ। दफा ३३ मा लेखिएको छ, ‘…थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।’
तर यस विषयमा संसदले आफ्नो प्रकृयाअनुसार निलम्बनको सूचना सुनाउनुपर्ने व्यवस्था छ।
प्रकाशित: १ जेष्ठ २०८२, बिहीबार