एप्लिकेसन

केआइआइटीमा अर्की नेपाली छात्राको मृत्युः परराष्ट्रमन्त्रीले फेसबुकमार्फत् दिइन् कूटनीतिक पहल थालेको जानकारी

केआइआइटीमा अर्की नेपाली छात्राको मृत्युः परराष्ट्रमन्त्रीले फेसबुकमार्फत् दिइन् कूटनीतिक पहल थालेको जानकारी
फाइल तस्बि्र
Global IME Bank

परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै “परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको” व्यहोरा  उल्लेख गरेकी छन्। –रासस

Sajilo Visa
easy care