नुबिया ट्याब्लेट प्रो चीनमा अनावरण, ट्याब्लेटमा २.८के डिस्प्ले र स्न्यापड्रागन ८ जेन ३ एसओसी समावेश

Technology Khabar १६ बैशाख २०८२, मंगलवार

काठमाडौं ।

नुबियाले भर्खरै आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोनको रूपमा जेड७०एस अल्ट्रा फोटोग्राफर संस्करण घोषणा गरेको छ। यो अत्याधुनिक क्यामरा स्मार्टफोनको साथै, कम्पनीले बजेट फ्ल्यागशिप ट्याब्लेटको रूपमा नुबिया ट्याब्लेट प्रो पनि अनावरण गरेको छ।

नुबिया ट्याब्लेट प्रोको स्पेक्स र फिचर्सः
ब्रान्डले चिनियाँ बजारमा २.८के रिजोल्युसन र १४४हर्ज रिफ्रेस रेट भएको १०.९ इन्चको एलसीडी प्यानल सहितको नुबिया ट्याब्लेट प्रो लन्च गरेको छ। ट्याब्लेटमा, स्न्यापड्रागन ८ जेन ३ एसओसी समावेश गरिएको छ जुन १६जीबी सम्मको एलपीडीडीआर५ र्याम र १टीबी सम्मको यूएफएस ४.० स्टोरेजसँग जोडिएको छ। यी स्पेसिफिकेसनहरूको कारणले गर्दा ट्याब्लेटले एनटुटुमा २.३२ मिलियन अंक हासिल गरेको नुबियाले दाबी गरेको छ।

नुबिया ट्याब्लेट प्रोमा रहेको १०,१००एमएएच ब्याट्री प्याकले ६६ वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। यी भारी हार्डवेयरको बावजुद, ट्याब्लेटको मोटाई केवल ७.३ मिमी र तौल ५२५ ग्राम रहेको छ।

यो प्रिमियम ट्याब्लेटको बडी पूर्ण रूपमा धातु भएको बताइएको छ। अन्य उल्लेखनीय सुविधाहरूमा डीटीएस एक्स साउण्ड इफेक्टसहितको क्वाड स्पिकर सेटअप र एआई संचालित सुविधाहरू समावेश छन्।

मूल्य निर्धारण र उपलब्धताः
कम्पनीले नुबिया ट्याब्लेट प्रो धेरै स्टोरेज कन्फिगरेसनहरूमा घोषणा गरेको छ भने तिनीहरुको मूल्यहरू यहाँ छन्ः

  • ८जीबी + २५६जीबी – २,७९९ युआन (लगभग ३८४ अमेरिकी डलर)
  • १२जीबी + २५६जीबी – २,९९९ युआन (लगभग ४११ अमेरिकी डलर)
  • १६जीबी + ५१२जीबी – ३,३९९ युआन (लगभग ४६६ अमेरिकी डलर)
  • १६जीबी + १टीबी – ३,९९९ युआन (लगभग ५४८ अमेरिकी डलर)

यो ट्याब्लेट ४९९ युआन मूल्यमा १.३ मिमी की ट्राभल भएको डिट्याचेबल (छुट्याउन मिल्ने) चुम्बकीय किबोर्डको साथ पनि बिक्री गरिने बताइएको को छ। नुबिया ट्याब्लेट प्रो सन् २०२५ को मे महिनाको ६ तारिखदेखि चीनमा बिक्रीको लागि उपलब्ध हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया