Technology Khabar ८ बैशाख २०८२, सोमबार
काठमाडौं ।
मोटोरोलाले भारतमा दुई नयाँ डिभाइसहरू मोटो प्याड ६० प्रो ट्याब्लेट र मोटो बुक ६० ल्यापटप प्रस्तुत गरेको छ। यी डिभाइसहरूले कम्पनीका फोनहरूले ल्याएको प्यान्टोन रङ डिजाइनलाई पछ्याएका छन् भने दुवै मिड–रेञ्ज स्पेक्स र मूल्यहरूसाथ आएको बताइएको छ।
मोटो प्याड ६० प्रो ट्याब्लेट
मोटो प्याड ६० प्रो डाइमेन्सिटी ८३०० चिपसेट र ८ जीबी वा १२ जीबी एलपीडीडीआर५एक्स र्यामको साथ आएको उल्लेख छ। ट्याब्लेटको स्टोरेज १२८ जीबी वा २५६ जीबी रहेको छ भने मोटोरोलाले १ टीबी सम्मको अतिरिक्त मेमोरीको लागि माइक्रोएसडी स्लट पनि उपलब्ध गराएको उल्लेख छ।
यो ट्याब्लेटमा १२.७ इन्चको एलटीपीएस एलसीडी समावेश गरिएको छ जसको रिफ्रेस रेट १४४ हर्ज सम्मको रहेको छ भने रिजोल्युसन २,९४४ × १,८४० पिक्सेल रहेको बताइएको छ।
स्लेटले मोटो पेन प्रो स्टाइलसलाई समर्थन गर्दछ, जुन रिटेल बक्समा समावेश गरिएको उल्लेख छ। यस ट्याब्लेटमा डल्बी एटमस समर्थनको साथ क्वाड जेबीएल स्पिकरहरू प्रदान गरिएको छ र यसले गुगलसँग सर्कल टु सर्च सहित एआई टुल्सहरू ल्याएको उल्लेख छ।
मोटो प्याड ६० प्रोको ब्याट्रीमा १०,२०० एमएएच क्षमता रहेको छ र यसले ४५वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ। ट्याब्लेटमा भिडियो कलहरूको लागि १३ मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ शूटर (क्यामरहरु) उपलब्ध छन्। यो नयाँ ट्याब्लेटमा गत महिना भारतमा ग्रे (खैरो) रङ्गमा अनावरण गरिएको लेनोभो आइडिया ट्याब प्याड प्रोको जस्तै सबै समान स्पेसिफिकेशनहरू भएको उल्लेख गरिएको छ।
मोटोरोलाले मोटो प्याड ६० प्रो प्यान्टोन ब्रोन्ज ग्रीन रङ्गमा मात्र उपलब्ध गराएको उल्लेख छ। यस ट्याब्लेटको ८/१२८ जीबीको लागि २६,९९९ भारतीय रुपैयाँ (३१५अमेरिकी डलर/२८०यूरो) र १२/२५६ जीबीको लागि २९,९९९ भारतीय रुपैयाँ (३५०अमेरिकी डलर/३१०यूरो) को मूल्य कायम गरिएको छ। ट्याब्लेटको बिक्री भने अर्को हप्ताको बुधबार (अप्रिल २३ तारिख) देखि सुरु हुने र ट्याब्लेट फ्लिपकार्ट, मोटोरोला इन्डियाज अनलाइन स्टोरका साथै चयन गरिएका अफलाइन खुद्रा विक्रेताहरूमा उपलब्ध हुनेछ।
मोटो बुक ६० ल्यापटप
मोटो बुक ६० एक विन्डोज ल्यापटप हो, जुन भारतमा विशेष रूपमा ब्रोन्ज ग्रीन वा वेजवुड रङ्गहरूमा लन्च गरिएको छ। यसमा या त इन्टेल कोर ५ वा इन्टेल कोर ७ प्रोसेसर रहेको बताइएको छ भने दुबै १६ जीबी र्याम र ५१२ जीबी वा १ टीबी स्टोरेजसँग पेयर्ड गरिएको उल्लेख छ।
यस ल्यापटपमा २.८ के रिजोल्युसन भएको १४ इन्चको ओएलईडी प्यानल समावेश गरिएको छ र यसमा डल्बी एटमस सहितको स्टेरियो स्पिकरहरू रहेका छन्। मोटोरोलाले मोटो बुक ६० ल्यापटपलाई ६० वाट–आवर ब्याट्रीले सुसज्जित गरेको छ जसले यूएसबी–सी मार्फत ६५ वाट चार्जलाई समर्थन गर्दछ।
मोटो बुक ६० को १६/५१२ जीबी संस्करणको मूल्य इन्टेल कोर ५ को साथ ६६,९९० भारतीय रुपैयाँ (७८५ अमेरिकी डलर/६९० यूरो) वा इन्टेल कोर ७ को साथ ७४,९९० भारतीय रुपैयाँ (८७५अमेरिकी डलर/७७०यूरो) कायम गरिएको छ। त्यसैगरी ल्यापटपलाई १६ जीबी + १ टीबी संस्करण पनि उपलब्ध गराइएको छ जसको मूल्य ७८,९९० भारतीय रुपैयाँ (९२५अमेरिकी डलर/८१५ यूरो) कायम गरिएको छ। ट्याब्लेट जस्तै, यो ल्यापटप अप्रिल २३ तारिखमा फ्लिपकार्ट, मोटोरोला डट इन र अफलाइन स्टोरहरूमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ बैशाख २०८२, सोमबार