टेक कम्पनी उबरले आईपीओ जारी गर्ने, मार्केट भ्यालूएसन १सय २० बिलियन अमेरिकी डलर

  • Technology Khabar | २२ मंसिर २०७५, शनिबार
टेक कम्पनी उबरले आईपीओ जारी गर्ने, मार्केट भ्यालूएसन १सय २० बिलियन अमेरिकी डलर

काठमाडौं ।

काठमाडौं । मोबाइल मार्फत ट्याक्सी सेवा दिँदै आएको अन्तराष्ट्रिय कम्पनी उबर टेक्नोलोजीज इंक ले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले अमेरिकामा आईपीओको लागि आवश्यक पर्ने एस वान डकुमेन्ट दर्ता गरेको छ ।

उबरले आफ्नो प्रतिद्धन्दि कम्पनी लिफ्टले आईपीओ जारी गर्न फाइल दर्ता गरेको घोषणा गरेको भोलिपल्टै आईपीओको लागि फाइल दर्ता गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

उबर कम्पनीको निजीतर्फबाट यसअघि मूल्यांकन ७६ बिलियन अमेरिकी डलर गरिएको थियो । कम्पनी आईपीओमा गएमा बजारमा कम्पनीको बजारीकरण मूल्यांकन १सय २० बिलियन अमेरिकी डलर हुने विश्लेषकहरुको अनुमान छ ।

हालै वालस्ट्रिट जर्नलले प्रकाशित गरेको रिपोर्टअनुसार उबरले आगामी वर्षको पहिलो चौमासिकभित्रमा नै पब्लिक कम्पनीको रुपमा आउनेछ ।

आन्तरिक रुपमा उबरले आईपीओ योजनालाई भने प्रोजेक्ट लिबर्टी नाम दिएको छ ।
उबरको आईपीओ निकै प्रतिक्षित आईपीओमध्येमा मानिन्छ ।

उबरमा टोयोटा, सफ्टबैंक, माइक्रोसफ्ट, जेफ बेजोस, जे जेड, मोर्गन स्टान्ले र एक्सेज स्प्रींगरले लगानी गरेका छन् ।

सन् २०१८ को तेस्रो चौमाकिसमा मात्रै कम्पनीले १ बिलियन अमेरिकी डलर घाटा बेहोरेको थियो, त्यसबेला कम्पनीले २.९५ अमेरिकी डलर कमाएको थियो ।

कम्पनीले कार सेवाबाहेक बाईक र स्कूटरका साथ साथै फुड डेलिभरी बिजनेसमा पनि लगानी गरेको छ ।

स्रोत

प्रकाशित: २२ मंसिर २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार